Skip to content

दुई रुपियांको चकलेट दिऊं???

घर्रा भित्र आंखा डुलाउदै – चारैतिर,
नोटहरु पन्छाउदै,
सिक्का उठाउदै,
गन्दै, फेरि राख्दै,
टिप्दै, गन्दै, फेरि राख्दै,
कौतुहलता बाट निराशा
अनि
निराशा बाट नैराश्यतामा बदलिएको
आखाको भावलाई
गहुं भन्दा अलिकति मात्र कालो अनुहारमा
प्रश्ट झल्काएर,
रातो पार्दै,
आजित हुदै,
आखा जुधाउने हिम्मत बटुलेझै गरि
थोरै अप्ठ्यारो मान्दै,
थोरै जिस्क्याइलो पारामा भनिहाली
“दुई रुपियांको चकलेट दिऊं???”

1 thought on “दुई रुपियांको चकलेट दिऊं???”

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *