Skip to content

जीउन जीवन यो बिरानो ठॉउमा दुःख गरी कमाइराको छु आमा,
तिम्रो काखमा बस्न नपाइ भित्री मन रोए पनि बाहिर रमाइराको छु आमा।

तिमीलाइ घुर्की लगाइ मिठो भइन खान्न भन्थे,
तर आज कति दिन कॉचो चामल चपाइ खाको छु आमा।

सवैलाइ आ-आफ्नै रन्को छ यहॉ कसैलाइ कसैको वास्ता छैन,
हजारौको विचमा पनि तिम्रो काख विना एक्लै भाको छु आमा।

शहरमा के के नै होला भनी बुढा बाबु आमालाई गॉउमा एक्लै छाडि आए,
तर आज यहॉ मैले कुकुरले नपाउने दुःख पाको छु आमा।

सम्झेर ति भिर पाखा र तिम्रा ति मायारुपी बोलीहरु,
एक्लै कोठामा बसी कति गीत रोइ रोइ गाको छु आमा।

emil-opitambar@yahoo.com phone no.9808458708

1 thought on “आमा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *