Skip to content

वरिपरि चारैतिर अन्धकार छाए हुन्थ्यो


वरिपरि चारैतिर अन्धकार छाए हुन्थ्यो
अन्धकारमा साथ दिन तिमी नजिक आए हुन्थ्यो ।

कसिला ती स्तन तिम्रा अनि लठ्ठिएका ओठ
सुम्सुम्याउदै छातीतिर ओठ चुम्न पाए हुन्थ्यो ।

वर्षादको खहरे झैँ उर्लिएको बैससँगै
तिम्रा अङ्ग प्रत्यङ्गमा मेरै तन छाए हुन्थ्यो ।

बारूला झैँ छिनिएको लचकदार कटी तिम्रो
टाँसिएर मग्न हुने क्षण सधै आए हुन्थ्यो ।

वैंसालु त्यो यौवनको रसमय पोखरीमा
डुब्दै डुब्दै पिरतीको गीत हामी गाए हुन्थ्यो ।

मनभित्र कामनाका तरंगले छाल मार्दा
तिमीलाई अंगालेर किनार टेक्न भ्याए हुन्थ्यो ।

अतृप्त यी वासनाका अनगिन्ती चाहलाई
तिम्रै कुच नितम्बमा खन्याउन पाए हुन्थ्यो ।

3 thoughts on “वरिपरि चारैतिर अन्धकार छाए हुन्थ्यो”

  1. tapaiko gajal ramro chha tar
    tapaiko gajal ramro chha tar chautho sherma kafiya dorieko chh…gajalma kafiya dorinu hudaina…ra malai lagchha gajal gauna kai nimti gajal lekhne garinchha tar gaunako nimti yesta shbdaharu कसिला ती स्तन chai ali hudaina hola jasto lagchha …

Leave a Reply

Your email address will not be published. Required fields are marked *