Skip to content

अबैध बेश्या


खै कसरी आत्मा बेचें
क्रय बिक्रयको होडबाजीहरूमा
अमूल्य यो शरीर बेचें
हाट बजारमा, गल्ली चोक चौताराहरूमा
लिलाम बिक्रीमा आफैंलाई बेचें
म रित्तिसकेकी थिएँ
म थोत्रिसकेकी थिएँ
तर ममा अझै
चेतना बेचिन बाँकी थियो
यी अस्थिपञ्जरहरू
एउटा कृतिम ह्यांगरमा झुण्ड्याइरहें
आउने जानेहरूले ओल्टाए पल्टाए
हेरे छामे अनि बाटो लागे
कसैले यो खोक्रो शरीर
सधैंको लागि किन्ने आँट गरेन
हुरी बतासमाझ लट्किरहेको शरीर
मक्किएको कहिल्यै याद भएन
म टुक्रिएर झर्न थालें
ग्रिष्म ऋतुको चर्को घामले
दिनहु सड्न थालें
मलाई थाहा थिएन
म दुर्गन्ध फैलाइरहेकी छु
टोलछिमेकमा झुण्डिनै नसक्ने गरी
बाटो बस्तीहरूमा नअटाउने गरी
म भित्रभित्रै कुहिसकेकी छु
अर्धमुर्छनामा जब आँखा खुल्यो
म दैलो दैलोहरूमा बेचिदै थिएँ
कोही आए गए
उन्मात बैशको सदुपयोग गरे
म चुपचाप उनैलाई हेरिरहेकी थिएँ
जीवनको अनौठो यात्रा
उनी आए हात समाए
धेरै माया दिए
उनकै अनुरोधमा फेरि
कैयौ पटक बेचिएँ
तर थाहै नपाई
ममा कलंक लागिसकेको रहेछ
कहिल्यै नमेटिने अनि भूल्न नसक्ने कलंक
बेश्या! बेश्या!! बेश्या!!!
हो म एक अबैध बेश्या बनिसकेकी रहेछु
कसैलाई माया गर्नु मेरो पाप हो भने
म त्यो पापको प्रायश्चित गर्न चाहन्छु
तर बिन्ती छ !
यो मेरो निधारमा लागेको
बेश्यारुपी कलंक
सधैंको लागि मेटाइदेऊ ।

4 thoughts on “अबैध बेश्या”

  1. अबैध बेश्या???
    बेश्या बैध cha

    अबैध बेश्या???

    बेश्या बैध cha ra?

Leave a Reply

Your email address will not be published. Required fields are marked *