Skip to content

मान्छे नहिँडेर आकाशे

मान्छे नहिँडेर आकाशे पुल रोयो
संबिधान नबनेर टाँगेको तुल रोयो

सून्सान भो देश यौवाजति बाहिर
स्याहार नहुँदा बगैंचाको फुल रोयो

होहल्लाको दुनियामा हाहाकार भयो
समयको पावन्दी देखेर भूल रोयो

चारैतिरबाट आवतजावत छ बन्द
अँध्यारो देखेर कर्णालीको मुल रोयो

खानेले खाएकाछन् अरुलाई नराखि
कोमल मुटुमा गडेको शुल रोयो

गीता थापा (दोषी)
हाल ईजरायल

1 thought on “मान्छे नहिँडेर आकाशे”

Leave a Reply to kumar04 Cancel reply

Your email address will not be published. Required fields are marked *