नारी हुन् जननी अपार ममता बोकेर बाँची दिने
नेपाली सबको मुहार हँसिलो देखेर नाची दिने ।
शिक्षा ज्योति अप…र्व यो जगतमा भर्ने सधैं गौरव
हे नारी अब जाग जाग जगमा छर्दै मीठो सौरभ ॥
खोस्टा कागजमा दिएर समता बन्दैन नेपाल यो
खुट्टा छैन भने अपाङ्ग हुन गै हिड्दैन आफैं त यो ।
मान्छे हो तर चूपचाप कहिल्यै बोल्दैन अन्यायमा
हे नारी अब जाग जाग जगमा उत्रेर मैदानमा ॥
आशा केन्द्रित भै सधैं जगतमा हेला बनेकी तिमी
बोल्दा धेर हुने विना कसुरमा बोक्सी बनेकी तिमी ।
स्वार्थी छन् दुनिया उदार मनले के न्याय पाइन्छ र
हे नारी अब बोल बोल सबले के बोल्न पाइन्न र ॥
फुल्ने फ…ल मुना तथा कुसुमका मुन्टा चुडिन्छन् किन
फोस्रो प्रेम गरी दलाल जनमा छोरी लुटिन्छन् किन ।
राखी आदर भाव भित्र मनले नारी सुसेली गला
हे नारी अब जाग जाग एक भै होला सबैको भला ॥
धनुकुटा, हालः घट्टेकुलो कामाण्डौं ।
मो. ९८४९१०४११७

एकदम सहज किसिमले भाव
एकदम सहज किसिमले भाव प्रष्फुटन गर्नुभएको छ। सन्देश पनि प्रष्ट छ। छन्दलेखनको अभाव देखिएको हालको परिवेशमा तपाईंको योगदान अमूल्य हुनेछ। आशा लेख्तै जानुहुनेछ।