Skip to content


सम्झनाको खील गड्छ रात बढ्न थालेपछि
कुन्नी के को नशा चड्छ रात बढ्न थालेपछि

भोक छैन प्यास छैन हराउँछ निन्द्रै पनि
प्रेम रोग अझै बढ्छ रात बढ्न थालेपछि

न रोकेर रोकिने हो, न छेकेर छेकिने हो
यो दिल अन्तै डेरा सर्छ, रात बढ्न थालेपछि

केही छैन तिम्रो भन्नु प्रेमपत्र भन्दा अरू
‘कुसुम’ त्यै पत्र पढ्छ रात बढ्न थालेपछि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *