नेपाली भाषामा रामायण लेखेर भाषिक, साहित्यिक र केही हदसम्म सांस्कृतिक हिसाबले पनि नेपाललाई एकीकरण गर्न सकेका भानुको देन राष्ट्रियताका सन्दर्भमा उच्च दर्जाको मानिइआएको छ। भानुभक्तलाई हेर्ने अर्को व्यावहारिक पाटो पनि छ। उनी पण्डित थिए, असल वन्धुवान्धव थिए, खेताला-गोठाला थिए र थिए गाउँघरमा परअाउने व्यवहारका सहजकर्ता। यसरी उनी सम्पूर्ण व्यक्तित्व थिए। विसं १८७१ मा जन्मेर १९२५ सम्मको छोटो जीवन बिताउने भानुलाई औपचारकिता निभाउने हिसाबले लौकिक रूपमा सम्झने दिन असार २९ गते भए पनि जहिलेसम्म पृथ्वीमा पर्वत रहिरहन्छन् र नदीहरू बगिरहन्छन्, त्यतिबेलासम्म रामायण कथा लोकमा प्रचारति भइरहन्छ भनेर रामायण मूलग्रन्थको अग्रपृष्ठमा लेखिएझैँ त्यतिबेलासम्म भानुभक्तलाई पनि नेपालीले सम्झिरहनेछन् भन्ने भाव यहाँ पनि बुझ्नुपर्ने हुन्छ।
लोकको गरूँ हित भनी
‘एक्दिन नारद सत्यलोक् पुगिगया लोक्को गरूँ हित् भनी’ श्लोकबाट भानुभक्तले रामायणको सुरुआत गरे। नारदजीले लोकको हित गर्ने कुनै उपाय बताउनोस् भनेर सोध्दा ब्रह्माजीबाट रामकथा नै उत्तम विषय हुनसक्छ भनी जवाफ दिएको सन्दर्भलाई लिएर संस्कृत भाषामा रामगाथा अर्थात् अध्यात्मरामायण लेख्ने काम वाल्मीकिले गरे। लोकलाई मनपर्ने काम नै लोकतान्त्रिक हुने हुँदा रामायणको नेपालीमा अनुवाद गरेर त्यतिबेलाको अवस्थामा नेपाली जनताका लागि भलो हुने काम भानुभक्तबाट भएकाले भाषासाहित्यको क्षेत्रमा भानुभक्त नै लोकतन्त्रका जन्मदाता हुन् भन्न सकिन्छ।
प्रेरक व्यक्तित्वः घाँसी
काठमाडौँवासी मोतीराम भट्टले काठमाडौँमा जे चीज पनि बिक्री हुने वातावरण देखेभोगेका थिए। त्यसैले घाँस बेचेर आएको आम्दानीबाट घाँसीले कुवा खनाएको कुरा भानुभक्तको जीवनीमा लेखे। पहाडतिर कसैका लागि श्रम गरििदएबापत त्यसबाट पाउने ज्यालाबोहनी साटफेर गरेर, मेलापर्म तिरेर, ऐँचोपैँचो लिएर काम चलाउने चलन थियो, अद्यापि छ। घाँस बेच्ने कुरा त्यतिबेला तनहुँमा हुनै नसक्ने भनी पछिका आलोचकले मोतीरामको लेखनीको भावमर्म नबुझी त्यसै कलम दौडाए। विचारको योगदानजस्तै अपठितले पनि गर्न सक्छ। बिसे नगर्चीले पृथ्वीनारायण शाहलाई घरधुरीपिच्छे केही पैसा उठाएर हतियार किन्न सल्लाह दिएथे। विचारको प्रादुर्भाव आन्तरिक मनको एउटा मौलिक, निःस्वार्थ र शाश्वत भावबाट हुन्छ, जुन पढेलेखेकासँग मात्र हुन्छ भन्नु सर्वथा गलत हो, बरु पढेलेखेकाले यसलाई कृत्रिम रूप दिन सक्छन्। घाँसीले आफ्नो तहबाट गर्नसक्ने ‘लोकको हित’ कुवा खनाउनु थियो भने यस परघिटनालाई भानुले बृहत् परविेशमा सोचे, ‘यस् घाँसीले कसरी दिएछ आज अर्ती, धिक्कार हो मकन बस्नु नराखी कीर्ति’ । यसरी लोकप्रति उत्तरदायीपूर्ण शपथ खाए, फलस्वरूप रामायणको जन्म भयो।
भाषिक प्रयोग
सीताहरणको क्षणभन्दा अगाडि कन्दर्प (यौनोत्तेजना)ले सताइएकी रावणकी बहिनी शूर्पणखाले रामसँग प्यास मेटाउन अनुरोध गरेको सन्दर्भलाई रमाइलो पाराले रामले दिएको जवाफ भानुले यसरी लेखे, ‘यस्ता वचन् सुनि सिताकन हाँसि हेरि, उत्तर दिया प्रभुजिले घरमै छ मेरी । सौता बुझिकन नभज् तँ पति मलाई, भाई छ खाली बरु भज् पति भाइलाई ।’ लक्ष्मणले, ‘दास् हूँ म ता मसित कहाँ सुख मिल्छ याहाँ ?’ भनेर शूर्पणखालाई फर्काए। यता न उता परेकी शूर्पणखा यौनडाह मेट्न नपाउँदाको प्रतिक्रियास्वरूप रसिले अवधूत भई सीतालाई खान खोज्दा लक्ष्मणले उसको नाककान काटिदिए। बुच्चो कान र नकटी भई आफ्ना दाजु रावणसमक्ष प्रस्तुत हुँदा रावणले व्यक्त गरेको कुरालाई भानुभक्तले खरो र ठेट् नेपाली भाषामा पुनः यसरी लेखे, ‘जस्ले त नाक्सित यी कान्कन आज काट्यो, हे बैनी ! जानसुन त्यो अब मर्न आँट्योे’ । यस्तो सटीक लोकपि्रय भाषा प्रयोगबाट अभिव्यक्त श्लोक आदिकविपछिका अन्य कविहरूमा पनि विरलै पाइन्छ।
चुँदीबेसीका खेतआलीमा काम गरी थकाइ मार्न बसेका हली-खेतालाबीच कुरा गर्दागर्दै अचानक शरीरमा ‘क’बाट उठ्ने नाम भएका कतिवटा अंग वा वस्तु होलान् भन्ने जिज्ञासा उठ्यो। कतिले पाँच, कतिले १०/१५ यस्तै पुर्याए। भानुको पनि तत्काल मन-मस्तिष्क चल्यो र नेपालीमा ‘क’बाट नाम उठ्ने २० वटा शरीरका अंगहरूको नाम तुरुन्तै सम्झेर आशु-कवित्वको परचिय दिए। श्लोक यसप्रकार छ, ‘केश्, कञ्चेट्, कुहुनू कपाल् र कलिजो, काखी, करङ्, कन्सिरी । कान्यागूजि र कुर्कुचा, कटि र कान् कम्मर् र कापा पनी । काञ्छीऔँली र काँध, कुम् पनि भया कन्ढो र कोखो समेत् । कम्पारो जियमा कदेखि उठन्या बिस्थोक् इनै हुन् बुझ ।’
द्वन्द्व र कानुनी राज्य
गजाधर सोतीका घरमा झमक्क साँझमा पुगेका भानुले बास नपाउँदा कवितात्मक आक्रोश व्यक्त गरे। लोग्नेमान्छे नभएको घरमा त्यतिबेला त के अचेल पनि बास दिन महिलाहरू हिच्किचाउँछन्। यस प्रसंगमा एउटा महत्त्वपूर्ण पक्षको नेतृत्व गर्ने दोस्रो पुस्ताकी पात्रा बुहारी भएकी छन्। सासूले बास नदिएपछि बाहिरफेर ढिकीजाँतो रहेको ठाउँमा सुत्नका लागि अनुरोध गरनि्। यो नयाँ पुस्ताको सोचाइको प्रतिनिधित्व पनि हो। अघिल्लो पुस्ता बढी सामन्ती र पुरातन संस्कारका हुने झल्को यसबाट देखिन्छ।
कुलोबाँधका बारे गिरधिारी भाटसँग भानुभक्तको किचलो पर्यो र तारखि लाग्यो। यसै मुद्दालाई लिएर भानुले ‘न मृत्यु टन्र्या हो यसरी झगडामा अघिसरी, नकोटिन्को मालिक् हुनु छ घरमा दौलथ भरी, बिहक्मा दिन् जान्छन् तब मन बुझाउँ म कसरी ?, कृपा राखी ख्वामित् अब छिनिदिनोस् हुन्छ जसरी’ र ‘सावितै ठहरेन पो यदि भन्या यस्मा अइन्मा जति, तोक्याको छ गुना हजार तिरुँला राख्वैन एक् दाम् रति’ लेखेर झगडा गर्नु सर्वथा अनुचित भएको प्रसंग देखाएका छन्। भानु यति चाहन्थे कि जसरी होस् मुद्दा चाँडो छिनियोस्। अहिलेको द्वन्द्व व्यवस्थापनका सन्दर्भमा यो पक्षलाई मार्गदर्शनको रूपमा लिन सकिन्छ। कानुनी राज्यमा वादी-प्रतिवादी वा सेवाग्राहीलाई झुलाउनु हुँदैन भन्ने मान्यता उनले ‘भोलीभोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली’ भन्ने श्लोकमार्फत पनि व्यक्त गरेका छन्। मुद्दा उत्थान हुँदाको परििस्थति र धेरै वर्षपछि मुद्दा छिन्दाको अवस्था एउटै हुन्न। त्यसैले भनिन्छ, ढिलो न्याय दिनु भनेको न्याय नदिनु बराबर हो। उक्त श्लोकांशले त्यतिबेलाको मात्र होइन, वर्तमान राजनीति र राज्यप्रशासनको निर्णय र काम गराइमा रहेको ढिलासुस्तीप्रति पनि धज्जी उडाउँछ। दुःख त यस कुरामा लाग्छ कि आजभन्दा करबि डेढ सय वर्षअघिको बेइन्साफी अवस्था अहिलेसम्म पनि ज्यूँकात्यूँ छ।
प्रशासन, चाकडी र भ्रष्टाचार
अचेल जेल त कैदी वा थुनुवा बस्न त्यति उपयुक्त छैनन् भने भानुकालीन जेल कस्तो थियो होला ? यसै पनि सामन्तवादको चरमोत्कर्षका बेला गाउँघरका ठालूसामन्तीले तल्लो वर्गकालाई कोर्रा लगाउने, ठेंड्कामा हाल्नेजस्ता निर्मम यातनाका काम गर्थे भने जेलको त कुरै छाडौँ। लाङ्खुट्टे, उपियाँ र उडुसजस्ता कीरा झट्ट नदेखिने तर तिनको टोकाइको असरचाहिँ गतिलैसँग भोग्नुपर्ने हुन्छ। जेलमा बस्दा यस्ता घातक कीराहरूका टोकाइबाट पीडित भानुले जेलप्रशासक र तिनका वरपिर िबस्ने लाउकेहरू उपियाँ उडुसजस्तै ठानेका छन्। निर्दोषलाई फसाउने र रगत चुस्ने अर्थात् नजराना, भेट खाने, ठूलाको चाकडी, स्तुतिगान गर्ने, मालिकका क्रियाकलापलाई चाटुकारी शैलीको हाउभाउले ‘हो हो’ भनेर स्वीकार्ने र आफ्नो स्वार्थसिद्ध गर्ने गर्छन्। यस्तै परिदृश्यलाई भानुभक्तले ‘लाङ्खुट्टेहरू गाउँछन् ती उपियाँ नाच्छन् म हेर्छु बसी’ भनेर वक्राभिव्यक्ति दिए। नेपालको वर्तमान प्रशासन पनि यस्ता चाकडी चाप्लुसीबाट टाढा रहन सकेको छैन। राजनीतिक भ्रातृनिकायका रूपमा देखिएका संघसंगठनहरूमा आबद्ध कर्मचारीहरूले आ-आफ्नै दुनो सोझ्याउने गरेका छन्। राजनीतिक दलको आशीर्वादले माथिल्लो पदमा पुग्ने, ग्राहकलाई भोलि-भोलिको म्याद दिने, सेवाप्रवाह गर्दा घूस लिनेजस्ता भ्रष्टाचारी हरकतहरू अचेल पनि उत्तिकै छन्। कर्मचारीतन्त्रमा रहेको आधुनिक स्तुतिवाद तथा भक्तिवादको अनुपम उदाहरण यही हो।
उद्यमबिना बित्छ काल जसको
आदिकविले प्रश्नोत्तर मालामा ‘ज्यूँदै मर्याको भनी नाम कस्को ? उद्यम्बिना बित्दछ काल जस्को’ कविता लेखेर युगीन सन्देश दिएका छन्। काम नगरी खानेलाई यसभन्दा ठूलो मुक्का के हुनसक्छ ? फ्रेडरिक रिग्स्ले आधा शताब्दीअघि ‘एग्रेरिया भर्सस इन्डस्ट्रिया’को अवधारणा अर्थात् कृषि पेसाबाट अघि बढेर औद्योगीकरणतर्फ जानुपर्छ भन्ने सुझाव दिएर विकासशील देशलाई घच्घच्याए, जुन कुरा भानुभक्त आचार्यले पौने दुई सय वर्षअघि नै सरकार तथा जनतालाई निर्देश गरेका थिए। साँच्चै भन्ने हो भने अबको नयाँ नेपाल निर्माणको सन्दर्भमा यो विषयवस्तु झन् टड्कारो रूपमा सदृश हुन्छ। उद्यम भन्नाले सीप, कला, व्यवसाय, दक्षताको प्रयोग बुझ्नुपर्छ। राष्ट्रिय योजना आयोगले यस्तो दिव्य वाणीलाई व्यवहारमा उतार्न सोही अनुसार योजना बनाउने र उद्योग मन्त्रालय तथा औद्योगिक प्रतिष्ठानहरूले यो उक्तिलाई सर्वत्र राष्ट्रिय मूलसन्देशका रूपमा प्रदर्शन गर्नुपर्ने देखिन्छ।
कवि पनि समाजको एउटा सदस्य हुने हुनाले तत्कालीन सामाजिक रीतिथितिभन्दा बाहिरको सिर्जना उसले गर्न सक्तैन। भानुभक्तकालीन सामाजिक परविेश र भाषिक प्रयोग अहिलेकोसँग मिल्दैन। आजको स्िथति अबको दुई सय वर्षमा आनको तान फरक पर्छ। हाम्रा आधुनिक समालोचक र विचार/विश्लेषकहरूमा देखिएको खराबी हो, कसैको कृति वा सिर्जनामा रहेकोे सानोभन्दा सानो नकारात्मक भावलाई पनि बृहत्तर आकारमा प्रचारप्रसार गर्नु र बृहत्तर सुविचारहरूलाई ओझेलमा पार्नु। सांस्कृतिक नवविश्लेषकहरू अहिलेकै कसीमा राखेर आदिकविलाई परीक्षण गर्न खोज्छन् भने त्यहाँ भयंकर भूल हुनेछ। तत्कालीन ब्राह्मणसमाज मात्रले बुझ्ने संस्कृत ग्रन्थलाई नेपाली भाषामा तयार पार्दा भानुले पनि कम खप्की खाएका थिएनन्, यो साना दुःखले आर्ज्ोको कीर्ति अवश्य होइन, सबैलाई चेतना हुनु जरुरी छ। भन्न खोजिएको के हो भने नयाँ पुस्ताले भानुभक्तलाई चिन्न छाडिसक्यो। एक वर्षमा एकछिनको प्रभातफेरी गरेर भानुको गुन तिर्ने जमर्को राष्ट्रले गर्छ भने राष्ट्र-राष्ट्रियताका सन्दर्भमा हामी अति असंवेदनशील र फितला छौँ भन्ने बुझिन्छ। ऐतिहासिक राम्रा पक्षहरूलाई नयाँ पुस्ताको धरोहर सम्झेर पुस्तान्तरण गर्न हाम्रा नेता तथा प्रशासकलाई किन आँधी आउँछ कुन्नि !
नेपाल साप्ताहिक ४११
