ऋषिको प्रमुख लक्ष्य भगवद्प्राप्ति हो । भगवद्प्राप्तिका लागि उसले बेसरी साधना गर्छ । ऊ यसमा एकोहोरिन्छ यसैमा समर्पित हुन्छ र उसले साँच्चि नै प्राप्त गर्छ पनि । यसैले ऊ सच्चा साधक हो ।
यस्तै साधना छ – ऋषिप्रसाद लामिछानेमा । गजलकार बन्ने धून सवार छ उनमा र उनी साधनारत छन् । उनी एकोहोरिएका छन् – गजल ज्ञानका लागि, गजल प्राप्तिका लागि ।
त्यस्तै उनमा छन्द पिउने चाहना छ र पचाउने अठोट छ । तयसैका निम्ति उनी प्रयासरत छन् र सम्पूर्ण छन्दलाई आफूभित्र समाहित गर्न दृढ सङ्कल्पित छन् । उनको चाहना केवल सङ्कल्पमा मात्र सीमित छैन सङ्कल्पलाई प्रमाणित गर्नु र तिनलाई निरन्तरता दिनु उनको हठधर्मिता हो । तर उनको हठधर्मिता फलदायी बनेको छ र सिर्जनात्मक भएको छ । यदि यस्तो हो भने यस्तो हठधर्मिता प्रत्येकमा जागृत होओस् र हरेकमा स्फुरण होओस् ।
यो हठधर्मिता ऋषिको हो अर्थात् गोर्खे साइँलोको हो ।
आफ्नो जीवनको महत्त्वपूर्ण भाग अन्य व्यवसायमा खर्चेर उमेरको आधा शताब्दीमा मात्र साहित्यिक यात्रामा समर्पित ऋषि लामिछाने गोर्खेसाइँलोमा रुपान्तरित हुनु उनकै हठधर्मिताको परिणति हो ।
औपचारिक रुपमा कम शिक्षा लिए तापनि गजलकार बन्ने धूनमा दीक्षा प्राप्त गरेका गोर्खेले क्रमिक रुपमा पत्रिकालाई निरन्तरता दिनु तथा कृतिहरु प्रकाशित गर्नु उनको साधनाको उपलब्धि हो । यस क्रममा उनले आफ्ना कमजोरीलाई सकेसम्म गोर्खेलौरी लगाएर लखेटेका छन् फलस्वरुप गजलपथका यात्री बन्दै गजलबिम्बको सम्मोहनमा मुस्कान छर्दै उनले कादम्बरी रच्दैछन् सूत्रमाला उन्दै छन् ।
उनको सूत्रमाला उनन्तीस बहर छन्दमा सुसज्जित तथा पैँसठ्ठीओटा सूत्रात्मक दानाहरुमा सुसङ्गठित छ । अनि बहरमा गजल लेख्न खोज्नेहरुका लागि यो सुन्दर उपहारको रुपमा प्रस्तुत छ । उनको उन्माद स्वीकार्य छ वरिष्ठ गजलकार बूँद रानालाई । उनको विचारमा –
ह्दयको सुने कुरा सुने साइँलोले
बहुमूल्य सूत्रमाला उने साइँलोले
करोडौँमा खेल्न अब कुनै बेर छैन
लाखलाई लाखले नै गुने साइँलोले
उनको साधना प्रिय छ केशवराज आमोदीलाई । उनको भनाइमा यिनले गजलका साधनारत कलिला नवसाधकहरुलाई दृष्टिगत गरी संस्कृत काव्यशास्त्रका पिङ्गल छन्द र गजलमा प्रयुक्त हुने उर्दू फारसी इल्मे अरुज छन्द-शास्त्र बाट शास्त्रीय बहरमा गजल लेखी नेपाली गजलसाहित्यको मन्दिरमा सुगन्धित कोमल-सिर्जना-पुष्प समर्पण गरेका छन् ।
उनका हरेक गजलमा लघु गुरुको सूत्र प्रयुक्त छ । केहीमा छन्दोबद्ध नियमानुसारको यति भङ्ग भएर लयमा विचलन ल्याइएको देखिए ता पनि प्रयास स्तुत्य छ । यो सङ्ग्रह गजलप्रेमीका लागि अमूल्य साधन बन्न सक्छ र यसैको आधारमा गहन साधना गर्न सक्छ ।
उनको यो सङ्ग्रह नियममा बाँधिएको अनुशासित तर केही कमजोर किशोरको रुपमा देखापरेको छ । यस्तो किशोर जसमा परिपक्वता आउन अझ प्रयास गर्नुपर्छ । परिपक्वता हरेक अभिव्यक्तिको धर्म हो र मर्म पनि । यहाँ परिपक्वता शब्द-शिल्पको हो र कलात्मक पक्षको पनि ।
यसैले अब गोर्खेको साधना भावको गहनता तथा शब्दशिल्पतिर उन्मुख हुनुपर्छ । उनले अब कलात्मक पक्षको परिष्कार तथा परिमार्जनतिर पाइला चाल्नुपर्छ । मेरो सुझाव सूत्रमालाका सूत्रधारलाई ।
मेरो धृष्टता यतिमात्र यस सङ्ग्रहका लागि । किनभने स्वयम् वरिष्ठ गजलस्रष्टा बूँद रानाका कलात्मक बूँदहरु यसभित्र महिमान्वित छन् अनि गजलपारखी केशवराज आमोदीका विश्लेषणात्मक दृष्टिहरु यसभित्र गौरवान्वित छन् । समग्रमा सूत्रमाला उदाहरणीय र उल्लेखनीय कृति हो भने कृतिकार दृढसङ्कल्पका धनी हुन् अनि गन्तव्यलाई पाइछाड्ने सफल योद्धा हुन् ।
जङ्गेले बोलेपछि बोल्यो बोल्यो
गोर्खेले मन खोलेपछि खोल्यो खोल्यो
हो गोर्खेको मन यहाँ उदाङ्गो छ गोर्खेको यहाँ पूर्ण चिनारी छ । बधाइ गोर्खेको यस स्तुत्य प्रयासलाई साधुवाद गोर्खेको दृढसङ्कल्पलाई ।
भ.न.पा.-२, आँपटारी, नारायणगढ. चितवन ।
पल्लव साहित्य प्रतिष्ठानको आफ्नो मुखपत्र पल्लव साहित्यिक पत्रिका अङ्क – १३ २०६४ कार्तिक– पेज नं १३३–१३४ बाट ।
(स्रष्टा वरिष्ठ समीक्षक साहित्यकार एवम् वालमाउविद्की प्राचार्य हुनुहुन्छ ।)

हृदय देखेनै हार्दिक बधाइ
हृदय देखेनै हार्दिक बधाइ गोर्खे साइँलाज्यूको साधना र यो अतिनै गहनशील प्रशंसक योग्य प्रयासलाई। र,उहाँले प्राप्ती गर्न चाहेको लक्ष्य सफल रहोस् भन्ने कामना सहित धन्यवाद! सरस्वती रिजालजीलाई पनि यति सुन्दर समीक्षाका लागि।
धन्यवाद अतिथि मित्रलाई
धन्यवाद अतिथि मित्रलाई
धन्यवाद अतिथि मित्रलाई यि सबै यहाँहरुकै प्रेरणालेमात्र भएको हो । म त केवल एउटा साहित्यलाई मन पराउने विद्ध्यार्थीमात्र हुँ । त्यसपछि पनि मैले कुमार सिँखडा जस्ता अन्वनय मित्रलाई पाएको छु । उहाँजस्तो एउटा बलियो साहित्यसेवीलाई पाउनु नै मैले मलाई भाग्यमानी सम्झनु पर्छ भन्ने लागेको छ ।
मित्र अव तपाइँले हाम्रो वेवसाइट http://www.pallawa.com.np पनि हेरेर कोमेन्टहरु दिनुहुन र प्रयोगपनि गरिदिनु होला भन्ने बिश्वासमा रहने छु ।
gorkhesailo@yahoo.com
गोर्खेज्यूलाई लगनशीलतालाई
गोर्खेज्यूलाई लगनशीलतालाई मेरो पनि सलाम छ।
salaam mero pani gorkhe saila
salaam mero pani gorkhe saila dailaa, saflatale sagarmatha chumosh,pragatiko kamana,
तिर्थ जी अनि भाई कुमारजीलाई
तिर्थ जी अनि भाई कुमारजीलाई धन्यवाद एवम् नमस्कार ।
तिर्थ जी अनि भाई कुमारजीलाई धन्यवाद एवम् नमस्कार यसरी सधैँ यहाँहरुको स्नेहताले ममा बास गर्यो भने अवश्यै पनि अगाडि बढ्ने दिनहरुले निम्त्याउने ने छ भन्ने पूर्ण विश्वस्त छुु । यहाँहरुले हाम्रो वेवसाइट http://www.pallawa.com.np पनि हेरेर कोमेन्टहरु दिनुहुन र प्रयोगपनि गरिदिनु होला भन्ने बिश्वासमा रहने छु ।
http://www.pallawa.com.np
gorkhesailo@yahoo.com