Skip to content

इतिहास बिरानो कहिल्यै हुँदैन

  • by


इतिहास बिरानो कहिल्यै हुँदैन
सिरानी अचानो कहिल्यै हुँदैन

मेरो भन्नु देश नेपाल हाँस्यो भने
मुटुमा भक्कानो कहिल्यै हुँदैन

कर्मको फल सबैले पाउनैपर्छ
जातले ऊ सानो कहिल्यै हुँदैन

प्रक्रिया पुग्नैपर्छ आफ्नो लक्ष्य चुम्न
जगबिना छानो कहिल्यै हुँदैन

नेताज्यू फेरि पनि नबने संविधान
मेरो आँखा ओभानो कहिल्यै हुँदैन

नेपाल साप्ताहिक ४१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *