Skip to content


आँखाबाट आँसु होइन पानी बगाईरहेछु
माया होइन म त नाटक गरिरहेछु

मलाई यी सबै कुराहरू थाहा थिएन
मायाको लागि उनी होइन म मात्र मरिरहेछु

मन मुटु रोइदिंदा लाग्दैन नाटक गरे जस्तो
उनले होइन मैले मात्र माया मुटुमा सजाई रहेछु

तड्पी तड्पी थाकिसकेको छ यो मन अनि मुटु
मायाको भीख उनी होइन म मात्र मागिरहेछु

आँखाबाट आँसु होइन पानी बगाईरहेछु
माया होइन मत नाटक गरिरहेछु

बिरेन्द्र चौधरी
दरख-४-निम्दी,कैलाली
हाल लाटीकोइली -९ सुर्खेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *