कति कति मीठा थिए तिम्रा लाली ओठका कुरा
मैले कहिल्यै सोचिन हो बोली भित्र हुन्छ छुरा ।
तिम्रो स्पर्श तनै भुल्ने गन्ध त्यसै त्यसै मीठा
त्यसै त्यसै लठ्याउथ्यो बज्दा तिम्राहातका चुरा ।
धेरै देखें सपनी त धेरै बुने कथाहरु
कहिले होला साकार अनि कहिले होला कथा पूरा ।
धेरै बिभुयो धेरै दुख्यो सहनै गाह्रो पर् यो
भूल्न आज गाह्रो पर्दा सहरा भो पान सुरा ।
कति कति मीठा थिए तिम्रा लाली ओठका कुरा
मैले कहिल्यै सोचिन हो बोली भित्र हुन्छ छुरा ।