तिम्रै यादको तर्कनाले झस्किरहन्छ यो मन
ढक्ढकाउने मुटुभित्र तिमी नै पो हौ कि ?
साउनको त्यो बर्षादले’नि खुशीयाली ल्याउँदा
बर्षी आउने बर्खेझरी तिमी नै पो हौ कि ?
घर आँगनको फुलबारीमा फूलहरु फुल्दा
मिठो सुवास छर्दै आउने तिमी नै पो हौ कि ?
कोठाभित्र एक्लै बस्दा के के गुनगुन सुन्छु
थाहै न दिई गुनगुनाउने तिमी नै पो हौ कि ?
बाटो हिंड्दा बिनाकारण रम्न मन लाग्छ
सँगै हिड्ने मेरै छायाँ तिमी नै पो हौ कि ?
