Skip to content
KedarShresthaGagan


आँखाबाट आँसु बनी झर्छौ कि डर लाग्छ
माया गर्ने धेरै तर तिम्रो मात्रै भर लाग्छ ।

तिम्रो जति माया मलाई मेरो आफ्नै छैन
सत्य कुरा भनेको हुँ झुटो मैले बोल्या हैन
बगैंचामा फुलेकी छौ झर्छौ कि डर लाग्छ
माया गर्ने धेरै तर तिम्रो मात्रै भर लाग्छ ।

जीवनभरि माया गर्छु चाहे तिमी घृणा गर
आफ्नो भन्दा मलाई सधैँ तिम्रै लाग्छ पीर
पराईसँग बोल्दा तिमीले मनमा डर लाग्छ
माया गर्ने धेरै तर तिम्रो मात्रै भर लाग्छ ।

नाम ः केदार श्रेष्ठ “गगन”
जन्ममिति ः ०९पौष २०३५
जन्मस्थान ः बाशेश्वर-९ सिन्धुली
स्थायी ठेगाना ःभीमस्थान-५सिन्धुली
आमा ः ईन्द्रकुमारी श्रेष्ठ
बुबा ः ईन्द्रकुमार श्रेष्ठ
शिक्षा ः स्नातक

प्रकाशित कृतिहरु
-जिन्दगीका अनुभूतिहरु (गीत तथा कविता संग्रह २०६३)
-सपनाको संसारबाट नियाल्दा (गीत तथा कविता संग्रह २०६४)
-क्षितिज पर (गीत संग्रह २०६५)

प्रकाशोन्मूख कृित
-जून निदाएको बेला (गीत-संग्रह)

2 thoughts on “डर लाग्छ”

  1. केदारज्यू,
    सधैं झैं सरल

    केदारज्यू,
    सधैं झैं सरल शब्दहरूको सुन्दर समिश्रणले मिठो गीत पढ्न पाइयो।
    तलका दुई हरफहरूको अन्त्य चाहिं दुइटै क्रिया वा दुइटै संज्ञामा गर्नुभा’भए अलि सहज लाग्थ्यो कि!

    >जीवनभरि माया गर्छु चाहे तिमी घृणा गर
    >आफ्नो भन्दा मलाई सधैँ तिम्रै लाग्छ पीर

    प्रकाशोन्मुख कृति चाँडै बाहिर आओस् शुभकामना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *