Skip to content


पश्चिम १ नं. (हालको नुवाकोट) मा पर्ने समुन्द्रदेवीको भिरालो भागमा हाम्रा पुर्खाहरूले आर्जेका थुप्रै भू-भागहरू थिए तर हाम्रा दुई पुस्ता अघिदेखि नै काम, माम र नामको अभिलाषामा काठमाडौां र भित्री मधेस छिर्ने हावा चलिसकेका कारण अहिले ती भेगमा कुनै बंशज बाकी रहेनन्, न कुनै नवीन सिर्जनाको बुदहरू नै त्यहा पोखिए । उहिल्यै बनेका घरहरूको पनि हाल कुनै अस्तित्व रहेनन् । सबै घर खण्डहरमा परिणत भए । तथापि त्यस भेगमा हाम्रा पुर्खाहरूले छोडेका आदिम कृतिहरू धमिलो र घुर्माइलो भएर अझै केही पुराना मानिसहरूको दिमागमा कहीा कतै सजिरहेका छन् । केही भू-खण्डहरू बेवारिसेझैा भएर अझै बसिरहेका छन् । हामीमध्ये केही आˆनै पैतृक थलोमा गयौ भने पनि आˆनो नाम वा कीर्तिले बाजे/बराजुहरूका नाम वा कीर्तिबाट आफूलाई चिनाउनुपर्ने अवस्था आइपरेको छ ।

जब मैले जडिबुटी खेती व्यवसायको रूपमा कुरिलोलाई अगाले, तब मलाई नुवाकोटको त्यो पैतृक थलोको ठूलो महìव र माया भयो । त्यसै मिल्किबसेका बेवारिसे भू-खण्डहरूमा कुरिलोको व्यावसायिक खेती गरियो भने म, मेरो व्यवसाय र स्थानीय गाउलेहरू सबैलाई छिट्टै/सजिलै दिगो आयआर्जन हुने थियो । तसर्थ लामै समयदेखि बिर्सीबसेको भू-खण्डहरूको स्थलगत निरीक्षण तथा आधारभूत तयारीको लागि म गाउ हानिए ।

गाउ पुगेपछि मैले आˆनै भीर/पाखा र घर/आगन नियाले । अवकास प्राप्त एक निरीह बूढो कर्मचारीझै मेरा पाखा/पखेराहरू चुपचाप थिए । उत्साह, जोस र बैस कतै केही थिएन । वृद्धाश्रमका बूढाबूढीहरूझै कतै घाममा, कतै ओझेलमा बसेर इतिहास सम्झादै उपेक्षा र हैरानीहरू मात्र ˆयााकिरहेका थिए ।

मैले अझै चुपचाप आखाहरूलाई चारैतर्फ बिछ्याए । प्यारालाइसिस् बूढो ढलेझै बाझिएको एउटा भिरालो पाखो, बैस रित्तिसकेको आकर्षणहीन पुरानो आपको बोट र त्यसैको केहीपर मेटिनसकेको केही घर-खण्डहर थिए । म मनमनै सोच्छु- सायद मेरा बाजे/बराजुहरू बस्ने घर/आगन यही हुनुपर्छ । यिनै सम्मिश्रणबाट बनेको हुनुपर्छ । फैलाउाछु आाखा अलि पर- एउटा कुमारी खोल्सी सुसेली खेल्दै बगिरहेकी थिई ।

म दङ्गदास भए । अझै केही त रहेछ मन आनन्द गर्ने मेरो पैतृक थलोमा ।

मैले माटोको प्रकृति नियाले । दोमट खुकुलो माटो थियो । पानी ल्याउन सक्ने स्याल्पिङ्गे खोलो अलिपर सुसाइरहेको थियो आकाशे पानीको सम्भावना पनि प्रचुर छ । बारीका पाटाहरू घमाइला नै थिए । बादलबाहेक अन्य अवरोधहरूले छाया पुराउने कुनै शङ्का छैन । माटो पी.एच. हो, त्यो पनि कृषिचुन र गोठेमल सुधार गरेपछि भइहाल्छ ।

मसाग सबै थोक थियो- मात्र कमी थियो- आटको । वर्षौंदेखि सहरमै बसेर व्यवसाय गरिरहेको मान्छेले एक्कासि गाउ पसेर कृषि-कर्ममा होमिदा कतै अप्ठ्यारो त पर्ने होइन ? तर आटे । कृषिप्रधान देशका हामी युवाहरूले अब कृषिमै आधारित व्यवसाय गर्नुपर्छ । अझ मेरो त धारणा छ- प्राङ्गारिक कुरिलोको तरकारी र जडीबुटी खेतीबाट हामीले परम्परागत खेतीको तुलनामा नसोचेको आम्दानी गर्न सक्छौ । विदेशमा जाने श्रम र पूाजीलाई स्वदेशी भीर/पाखामा लगाउन सकिए अरूको देशमा भौातारिरहनै पर्दैन र यता हाम्रा आˆनै पाखा/बारीहरू पनि हराभरा हुने छन् । मैले बारी खन्ने निधो गरे ।

कामहरू सुचारुरूपमा सञ्चालन भइरहेको थियो । कामदारहरू मानव-डोजर रहेछन् । तीन दिनमा सकिएला कि भन्ने सामान्य अनुमान गरिएको एक पाटोलाई उनीहरूले एकै दिनमा सकिदिए ।

खण्डहर मिलाउने र पाखाबारी खन्ने क्रमको पााचौा दिनमा एउटा अजङ्गको कालो ढुङ्गो घर-खण्डहरको उत्तरपूर्वी दिशामा चाक्लो परेर लम्पसार सुतिरहेको थियो । कुरिलो रोप्ने खेतबारीहरूमा चाक्लो वा ठूला ढुङ्गाहरू हुनुहुदैन भन्ने सामान्य नियम छ । त्यसमाथि त्यो ढुङ्गा अस्वाभाविक र अटेर अवस्थामा थियो । तसर्थ पनि त्यसलाई सो स्थानबाट हटाउनु नै मैले आˆनो पुरुषार्थ सम्भिmएा । थुप्रै मस्तिष्क र बलहरूको संयोजनले कार्य सफल भयो पनि तर विशाल ढुङ्गो हटाइसक्दा पनि त्यहाा स-साना ढुङ्गाहरूको जमघट अलग्गै थियो । मैलो यसो सोचेा- यी ढुङ्गाहरू त म आफैा हटाउन सकिहाल्छु नि । यी कामदारको फौजलाई पाखाबारी खन्न र फााड्न लगाउनु बेंस होला ।

त्यसपछि मैले आफैले ती गाडिएर रहेका ढुङ्गाको गाडीबाट एक/एक ढुङ्गा निकाल्दै बैस रित्तिसकेको आपको बोटमुनि जम्मा पार्न थाले। ढुङ्गाहरू निकाल्दै जादा आˆनै पैतृक थलो आफैाले उत्खनन् गरेको भान पनि मलाई हुादै गयो ।

जब तीन फिट मुनिसम्मका ढुङ्गाहरू हटाएा तब त्यहाा एउटा बाक्लो/चाक्लो स्लेट सुतेर बसेको रहेछ । त्यो पनि हटाएा । अचम्म Û Û घोर अचम्म Û Û त्यसले त गाडिराखेको एउटा तामाको घ्याम्पोको मुख पो छोपी राखेको रहेछ ।

मैले बच्चामै लोक, दन्त्य र तिलस्मी कथाहरूमा देवता, राक्षस, सम्राट् र ठूल्ठूला महाराजाहरूले आˆना महìवपूर्ण असर्फी, मणिमाणिक्य र जुहारातहरू कसैले नचोरुन् भनी यसैगरी गाडेर राखेका कथा-अंशहरू सुनेको थिए । आज एक्कासि आˆनै पैतृकथलोको उत्खनन् गर्दै जाादा गाडिएर राखिएको तामाको घ्याम्पोको मुख देख्दा म आफैा चकित भएा ।

– कतै मेरा बाजे/बराजु वा त्यहााभन्दा पनि माथिका पुर्खाहरूले आˆनो धन सम्पत्तिहरू बूढ्यौलीका रूपमा यसरी गाडधन बनाएर राखेका हुन् त ? यदि हुन् भने, बाबा ठाकुरे, तेरो जीवन बन्यो ।

मैले मनोविनोद गरे । मनले नै आदेश दियो- ‘अहिल्यै नखोतल् Û जब साझको पाच बजे कामदारहरू सबै आ-आˆना बाटाहरू सोझ्याउछन् तब मात्र तामाको घ्याम्पोतिर हात लगा । हैन भने जे पनि हुन सक्छ- धन देखेपछि महादेवको त तीन नेत्र भन्छन् ।’

मैले मनमनै आˆनै मनलाई धन्यवाद दिए- ‘धन्य मेरो मन ! बेलाबेलामा ता मलाई राम्रो सुझाव दिन्छस् ।’

साझको पाच बजेपछि पश्चिमको भीरबाट सूर्य चिप्लिने तरखरमा थियो । कामदारहरू पनि चराको चिरिबिरीसागै आ-आˆना गुाडतर्फ लागे । खनिएको आलो माटोसागै मेरो पुख्र्यौली पाटो चुपचाप थियो । शून्यता यसरी छायो जसरी बेहुली अन्मिसकेपछिको घरमा आउछ ।

मैले सही समयको आकडा लगाए । सुनसान साझ तर झमक्क नभइसकेको परिवेश । तसर्थ मैले सरासर गाडिएको घ्याम्पोमा आखा मात्रै होइन पाइला चाले र हातै लगाए । एउटा चाक्लो स्लेटलाई मुखबाट हटाइदिएा ।

घ्याम्पोका आधाभन्दा बढी भाग भरिएको रहेछ । तसर्थ सहजै हातले सामानहरू भेटेा । मैले हातलाई अझै चारैतर्फ घुमाएर केही सामानहरू ताने । बाहिर ल्याएर हेर्दा- केही कपडामा टुक्राहरू रहेछन् । कुनै मखमलजस्ता, कुनै पिताम्बरजस्ता तर वर्षौं पुरानो भएकोले यही हो भनेर एकिनसाथ भन्न सकिादैन थिए तर सामान्य अनुमानको भरमा पनि जो कसैले ती कपडाहरूको आर्थिक र भावनात्मक दुवै मूल्य निकै बढी थियो भन्ने सहज अनुमान लगाउन सकिन्थ्यो ।

खोतल्दै जाादा त्यहाा केही जरी र सुन/चाादीका रेसा र असर्फीहरू जडिएका बाक्ला कपडाहरू पनि थिए । कुनै सोह्र शृङ्गारमा लिप्त महारानीले आˆनो सौभाग्यको कामनामा लगाउने वस्त्रजस्तो वा भनौा आˆनो महाराजासाग राजकीय भोज-भतेरमा राजकीय ठााटसहित पहिरिने वस्त्रजस्तो ।

त्यसपछि घ्याम्पोमा पुस्तकका तह थिए । ती सबलाई घ्याम्पोको बाहिर निकालेा र हेरेा । ती साजसज्जाविहीन वर्षौा पुराना थिए । केही तोतामैना र गुलावकावलीजस्ता कथ्यपरक, केही धार्मिक र आध्यात्मिक, कुनै जङ्गबहादुरको बेलायत यात्राजस्तो, कुनै कविताको अंश समेटिएका जस्ता, वात्स्यानका चित्रविहीन कोखशास्त्रजस्ता पनि थिए तर सबै भारतलाई अङ्ग्रेजहरूले कब्जा गरेकोताकका गिद्धे छापाखानामा छापिएकाजस्ता । सबै निरश थिए । पुस्तकभित्र सार थियो कि ? तर रामजाने ! मैले त्यसतर्फ कुनै चासो देखाइन ।

घ्याम्पोमा खोतल्खातल गर्नुको मेरो मुख्य अभिप्राय दन्त्यकथा र तिलस्मी कथामा झै मणिमाणिक्य र जुहारातहरू हात पार्नु नै थियो । तसर्थ पनि मलाई पुस्तकका तहले केही मन छोएन ।

म सरासर लागेा- अर्को तहमा- अझ तल ।

मैले हात पूरै छिराए । लगभग दाहिने कुम पनि घ्याम्पोको मुखभित्र छिर्‍यो । मैले मनमनै भगवान् पुकारे- ‘हे भगवान् ! यही घ्याम्पोको पीधमा अड्किएको होस्- मेरो जिन्दगी खोल्ने चाबी, जुन हालसम्म नभेटेर खोज्दाखोज्दा म हैरान छु ।’

भगवान् पुकारी नसकिदै मलाई भगवान्बाट बरदान मिलेझै भयो । मैले केही टुक्राटाक्रीहरू औालाले स्पर्श गरेा ।

अचम्म Û सााच्चै अचम्म Û Û

एउटा कालो रातमा ढल्दै गएको एउटा बिरानो सााझ झललल्ल बल्यो । मैले तत्कालै सोचेा- यो पक्कै मणिमाणिक्य वा हीरा/जुहारातहरूमध्ये केही हुनुपर्छ । नत्र यस्तो शक्ति कहााबाट ? किन ??

मैले घ्याम्पोको पीाधबाट अरू केही टुक्राटाक्रीहरू निकालेा । कुनै पहेला- सुनजस्ता थिए । कुनै सेता- चादीजस्ता थिए । तामा र पित्तलका सिक्काहरू पनि थिए । मैले आˆनो दुई नेत्रले देखे-भोगेका जति सबै सोहरे- सायद महादेवको तीन नेत्रले भेटेको भए पनि योभन्दा बढी केही गर्न सक्दैन थियो ।

मैले त्यही रातमा नै घ्याम्पोभित्र मणि/माणिक्य, सुन/चाादी र तामा/पित्तलका सिक्काहरू पोको पारेा । कपडाका टुक्राहरू र पुस्तकका मक्किएका पानाहरूलाई त्यसै मिल्काउन सकिान । मभित्रको साहित्यिक मनले- ‘त्यसलाई पनि पोको पार’ भन्यो । मैले नबिराई/नछुटाई ती पनि पोको पारेा । सबै मिलाएर एक भारी भयो ।

मैले घडी हेरेा । भूतले खानाखाने समय कटिसकेको रहेछ ।

अब भने मलाई बााकी रहेको त्यही रात कटाउन हम्मे पर्‍यो । घ्याम्पो देख्दा/खोतल्दा बरू मलाई केही भएन । एउटा चित्तबुझ्दो चलचित्र हेरेझै समय कटेको मलाई थाहै भएन- मात्र क्लाइमेक्सको पर्खाइमा थिए तर जब खरखजानाको भारी कसे मनभरि अनेक तर्कनाहरू नाचिरहे । तर्कनामा नाचिनुजस्तो बेमोज केही नहुदो रहेछ जिन्दगीमा मैले त्यही तर्कनाहरूबाट उछिट्टनिको लागि त्यही रात आकाशका ताराहरू गनेा । विशाल आकाशको गर्भमा रहेका ताराहरू गन्दागन्दै तारा त गनिसकिएनन् तर झिसमिसेमा ताराहरू सबै बिलिन भए । म आत्तिएा । कतै मैले तयार पारेको भारी पनि बिलिन हुन्छ कि भनेर तर भारी त्यहीा थियो ।

मिर्मिरेमा भाले बास्यो । मैले सोचे- अब डडाबाट सूर्य होइन मेरो दिन उदाउदैछ ।

मैले समय खेर नˆयाकिकन मेरो घरबारी खन्ने खेतालाहरूको नाइकेलाई भेटे र कुरिलो खेतीको लागि बारीको पूर्व तयारीको निर्देशन दिएा । अनि उसैलाई एउटा भरियाको व्यवस्था गर्न लगाएर रातमा तयार पारेको भारीसहित गुर्जे भञ्ज्याङको बाटो हुदै म काठमाडौं प्रवेश गरे ।

महाराजगञ्ज, काठमाडौ-३ को हाम्रो सगोलको घरको आˆनो निजी कोठामा पुगेपछि बल्ल मैले एक टुक्रा सन्तोषको श्वास फेरेा । अनि कोठालाई नियाले ।

कोठा मजस्तै एक्लो थियो । तसर्थ मैले सहजै ड्यामडुम ढोका/झ्याल लगाए र पर्दा मिलाए । कोठालाई चारैतिरबाट थुने अनि भारी खोतल्न थाले । थुप्रै घण्टा अघिदेखि नै दिनको उज्यालोमा स्वछन्द भएर घ्याम्पोबाट निकालिएका खर-खजाना, नगद जिन्सी हेर्न म ब्यग्र थिए ।

झललल्ल टल्किएको वस्तु

-सायद मणि/माणिक्य) एउटा रहेछ । मैले त्यसलाई अलग्गै राखे । त्यसपछि सुन/चादीका चाक्ला टुक्राहरू तह लगाए । ती उन्नाइस टुक्राहरू थिए । त्यसपछि चादी, तामा र पित्तलका सिक्काहरू मिलाए- ठ्याक्क, पौने तीन किलो थिए ।

घ्याम्पोमा रानी/महारानीहरूले लगाउनेजस्तै लुगाका झुत्राहरू पनि थिए । सातवटा पुस्तक र एउटा बाासको कलमले मसीमा चोपेर लेखिएको हस्तलिखित पुस्तिका थियो । मैले यी कुनै वस्तुहरूमा आखा र मन गाडिरहनै सकिन । आखा र मन केवल मणिमाणिक्य, सुन/चादी र सिक्काहरूमा मात्र नाचिरहे ।

यता कल्पनाहरूले भने आकाश चुमे । पुनः रङ्गरोगन गर्न नसकेको आˆनै मैलो कोठामा कैद भएर म ठूला-ठूला महलको स्वप्निल कल्पनामा डुब्न थालेा । कस्सम Û मैले सपना पनि यति मीठो देख्न सकेको थिइन कहिल्यै । कतै यी सब सपना हो कि जस्तो पनि लाग्यो । तसर्थ मैले थुप्रैपटक चिमोटेा आफैलाई । पाखुराभरि घाउ नै घाउ भए तर ती सुन, चाादी, सिक्का, कपडा र पुस्तकहरू मेरो सामुन्ने नै थिए । मैले पुनः सन्तोषको श्वास फेरे ।

सााचोमा के हुादोरहेछ भने- धन-दौलतको अगाडि साहित्य/कला/सङ्गीत सधैा ओझेलमै पर्दोरहेछ ।

मैले पनि त्यसै गरेा- कपडाका झुत्राहरू अनि पुस्तक र हस्तलिखित एक पुस्तिकालाई बेमतलब मैले पुरानो सिरकको खोलमा बेरेर प्रयोगविहीन सुटकेसमा कोचिदिए । अलिकति हलुङ्गो भएको महसुस भयो आफैलाई ।

…..अनि लागे खरखजानामा ।

आˆनो घरको निजी कोठा र एक्लो म । त्यसमाथि सुन, चादी, पैसा र टलक्कै टल्किने मणिमाणिक्य ! क्या मजा आउदोरहेछ । हजार सपनाहरू मच्चि-मच्ची पिङ खेल्दारहेछन् । मैले बेलगाम छोडिदिएा मन र सपनाहरूलाई ।

मणि/माणिक्यलाई के गर्ने ?Û मेरो केही आाट र योजना पुगेन । चाादी, तामा र पित्तलका पौने तीन किलो सिक्काहरूको ठूलो मूल्य आउनेछ तर यो सटही गर्न ज्यादै गाह्रो छ । एक मनले त राष्ट्रिय मुद्रा सङ्ग्रहालयलाई दिउजस्तो पनि लाग्यो तर भौतिक युगको यो भागदौडको चरम अवस्थामा आˆनो मुठीभित्र परेको असाध्ये पैसा कसैलाई दान दिनु ठूलो पीडा र लफडा निम्त्याउनु थियो । तसर्थ मैले त्यस्तो केही गरिन ।

यस बारेमा मेरी अर्धाङ्गनिी शोभा र भाइ मणिसाग केही सटीक राय/सुझाव लिउजस्तो पनि लागेको थियो तर फेरि लिन सकिन । मेरो जीवनमा जुन घटनाहरू घट्दै थिए, म आफै विश्वस्त हुन नसकेर आफैले आफूलाई चिमोटीचिमोटी अघि बढिरहेको छु भने अब कसरी श्रीमती र भाइलाई विश्वस्त पार्न सक्छु ! यदि कुनै दिन लेखेरै छपाए वा सुनाए भने पनि कसैले विश्वास गर्लान्जस्तो लाग्दैन तर के गर्नु एउटा ठूलो टिकिरहने जादु पोतिएको छ ममाथि, जुन म जति नै धोएर पनि पखाल्न सक्दिना ।

मैले मणिमाणिक्यको टुक्रा र पौने तीन किलो चाादी, तामा र पित्तलका सिक्काहरूलाई स्टिल दराजको निजी सेफमा होसियारीपूर्वक लुकाई राखे ।

अब मेरो सामुन्ने थियो मात्र सुन/चादीका १९ टुक्रा

मैले आफूसाग भएको १९ टुक्रा सुन/चादीबाट आˆनो जिन्दगीको एक बाटो खन्नु थियो । किनकि सही बाटोको मेलो नपाएर म लामो समयदेखि यस परिचित सहरमा मीठा सपनाहरू तुहाउदै अल्मलिरहेको थिएा ।

….तसर्थ मैले सुन/चादीको पोको बोके र लागेा वर्षौंदेखिको सम्बन्ध रहेको रत्नकाजी बाडाको ज्यासलमा । उनी ज्यासलमै थिए । मैले आफूले जग्गा किन्न लागेको र पैसा नपुगेर आमाको बुढ्यौली बेच्न आटेको सविस्तार सुनाए।

रत्नकाजी साहूले अनावश्यक केही बोलेनन् । उनी सुन कति नम्बरी हो भनेर जाच्दैमा व्यस्त थिए । सानु तराजु र स-साना ढकहरूले उनले सुन होइन अबका मेरा बाकी दिनहरू जोखिरहेको पो हुन् कि भन्ने भान मलाई भइरहृयो ।

अन्त्यमा रत्नकाजी साहूले १२ लाख ५० हजार रुपियाा दिने निधो गरे । मैलै नाइनास्ती गर्ने कुरै भएन । मलाई नसोचेको चिठा परेकोमा नै म दङ्गदास थिए । तसर्थ त्यही १२ लाख ५० हजार रुपियामा नै मैले चित्त बुझाए । बाडाले ती सुन/चादीलाई आˆनो सेफमा राखे र मलाई एक/एक लाखका तीन गट्टी हातमा थमाएर बाकी सम्पूर्ण रकम लिन ५ दिनपछि आउनु भने । मैले स्वीकृतिमा आˆनो टाउको हल्लाएा र खुसीसाथ ज्यासलबाट बाहिरिए ।

समय आˆनै गतिमा हिडिरहेको थियो । म पनि आˆनै गतिमा हिडिरहेकै थिए । यिनै गतिहरूको बीचमा मलाई एकदिन एक्कासि सुट्केस र त्यसभित्र गुटुमुटु पारिराखेका पुस्तक/पुस्तिकाहरूको यादले सतायो ।

दराजभित्र जतनसाथ राखिएको मणिमाणिक्य र चादी, तामा र पित्तलका पैसाहरूलाई कुनै हात नलगाई मैले सुट्केस निकाले र त्यसभित्र भएका पुस्तकहरूको अवलोकन गर्न थालेा । उत्तरआधुनिकताको नया वादमा रन्थनिरहेको मेरो दिमागले ती वर्षौ पुराना पुस्तकहरूबाट केही सोस्न सकेन । मैले पुस्तकहरूलाई थन्क्याउदै गए तर जब हस्तलिखित पुस्तिका मेरो हातमा आएर अड्कियो- मेरा आखाहरू पनि त्यसैमा अड्किए ।

बासको कलमले मसीमा चोप्दै लेखिएका कारणले अक्षरहरू भङ्गेरा जत्रा भद्दा थिए । वर्षौं पुराना भएकाले र वैज्ञानिक तरिकाबाट नराखिएकाले पनि पुस्तिका ठाउ, कुठाउ मक्किएका वा प्वाल परेका पनि थिए । पुस्तिका पचहत्तर ताउमा लेखिएको थियो ।

मैले पुस्तिकालाई हेर्न मात्र चाहिान, त्यसमा के लेखिएको थियो भन्ने पढ्नै चाहेा ।

मेरो जीवनमा अर्को एक आश्चर्य थपियो । त्यो हस्तलिखित पुस्तिका पढ्दै जाादा मेरा बाजे/बराजु कसैद्वारा दैनिकी शैलीमा लेखिएको रहेछ । पढ्दै जादा त्यहा एउटा पूरै कथा भेटेा मैले । हुन त त्यसलाई हुबहू यहा उतारूजस्तो पनि लागेको थियो तर त्यो कार्य यहा यतिखेर गरे भने कुम्भकर्णको निद्राजस्तो लामो हुन जानेछ । तसर्थ मैले त्यो हस्तलिखित पुस्तिकामा रहेको सत्यघटनामा केन्दि्रत त्यो कथा रोचक हुदाहुदै पनि यहा उतार्ने धृष्टता गरिना । बरू त्यो दैनिकी शैलीमा कोरिएको पुस्तिकालाई मेरा अज्ञात बाजे/बराजुकै नाममा समर्पित गरी कतै प्रकाशित गरिदिने विचार आयो । कुनै पि्रय दिन म पक्कै प्रकाशित गर्ने नै छु तर आजका मेरा पाठकलाई त्यो कथाको केही सार मैले दिइन भने साचोमा अन्याय हुनेछ ।

न्यायको लागि मैले यत्ति भन्नेछु कि-

काठमाडौको उत्तरी भेकको थुम्कोमा अवस्थित एक आदिम नेवारी बस्ती छ- त्यसलाई मनमैजु भनिन्छ । त्यहामनमैजु भनिने प्राचीन मन्दिर छ । -यो मन्दिर विक्रमको १७३७ मा निर्माण गरिएको हो ।) मेरा बाजे/बराजुहरू तत्कालीन नेपाल भनिने काठमाडौा उपत्यकामा प्रवेश गर्दा लगभग मनमैजु वा त्यसैका आसपासका बाटोहरूबाट आउनुपथ्र्यो । त्यही गाउ/सहर आउने जानेक्रममा मनमैजुको एक नेवार युवतीसाग हिमचिम बढेछ । माया पिरती बसेछ र बिहे गर्ने अवस्थासम्म पुगेछ । विधिको लेखा, पारिवारिक करकाप र सामाजिक मान्यता आदिले गर्दा बाहुनको छोरोले नेवारकी छोरीसाग बिहे गर्न सकेनछन् । मेरा बाजे/बराजु वा उनीहरूभन्दा माथिको पुस्ता जो यस कथाको अज्ञात नायक हुन्, उनको कतै गाउमै बिहे भएछ । प्रेमी मन-मनकी मय्जूमै -नेवारी भाषामा युवतीलाई मय्जू भनिन्छ ) केन्दि्रत थियो । तसर्थ मनमैजुको आˆनी मनकी मय्जूलाई भगाएरै भए पनि आˆनो प्रेमलाई सफल बनाउने अभिलाषामा अज्ञात नायक पैसा, सुन/चाादी, मणिमाणिक्य र लुगाफाटाहरू जम्मा गर्न गाडिएको तामाको घ्याम्पो प्रयोग गर्दारहेछन्, जुन घ्याम्पोभित्रको सम्पूर्ण नगद/जिन्सी अहिले मैले प्राप्त गरेको छु ।

हस्तलिखित पुस्तिकामा दैनिन्दीनी शैलीमा कोरिएको अज्ञात नायक र अज्ञात नायिकाको एकादेशको प्रेमकथा साह्रै मार्मिक र रोचक छ । बूढाको भाषाशैली पनि बेजोडको रहेछ- पाठकलाई च्याप्पै समात्ने । -यदि कसैले मेरो लेखनमा पनि पाठकलाई च्याप्प समात्ने गुदी छ भन्छ भने- त्यो सब मेरो वंशाणुगत गुण हो भन्ने म मान्छु ।

बाासको कलमले लेखिएको प्राचीन पाण्डुलिपिमा कैद यो कथा मर्न दिने कथा होइन । यसलाई हुबहू प्रकाशित गर्नैपर्छ- यस कथाले आजका पाठकलाई त्यसताकाको परिवेश, जीवनस्तर, सोचाइ र एउटा अमर प्रेमकथाको स्थिति झल्काउाछ । म यो कथालाई अवश्य प्रकाशित गर्नेछु तर कहाा र केमा भन्ने कुरा भने पूरै अन्योलमा छ ।

योभन्दा पहिले त्यस घ्याम्पोबाट हालसम्म सटही गरी प्राप्त भएको पुग-नपुग १३ लाख रुपियााले म मनमैाजु आसपासमा एक टुक्रा जग्गा किन्ने सोचमा छु । ती अज्ञात नायकले खाई-नखाई राखिएको स्वप्निल सम्पत्तिको भावनात्मक गहिराई नबुझी मैले ती पैसालाई खान र मोजमस्तिमै उडाएा भने ती प्रेमी आत्माहरूले सराप्ने छन् । म आˆनै पितृबाट सरापिन चाहन्ना ।

मनकी मय्जू कथा र मनमैजूमा एक टुक्रा जग्गासागसागै छापिन र खरिद गर्न पाए कति आनन्द आउथ्यो होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *