Skip to content

राष्ट्र बैङ्कको चेक

  • by


मर्ने मरे घाइते भई कोही ज्यूदै मरे यहा

तिनैको रक्त-धाराले धर्ती रक्ताम्य भो यहा

तिनै बन्दुक भई पड्की राजतन्त्र ढल्यो यहा

तिनैको रक्त सिञ्चेर गणतन्त्र फल्यो यहा ।

तिनै सहिदको रक्त खादैछौ गास-गासमा

तिनै सपूतको रक्त फेर्दैछौ सास-सासमा

हाम्रो नसामा बग्दैछ तिनैको रक्तको नदी

हाम्रो धड्कन चल्दैछ, चल्दैछ मुटु-ढुकढुकी ।

मरेर बाच्न खोज्नेको जिन्दगी बलिदान भो

बाचेको जिन्दगी निम्ति त्यही नै वरदान भो

खै कुन्नि किन मर्नेका आफन्त निम्ति पाप भो

जिन्दगी बलिवेदीमा चढेको अभिशाप भो ?

सहिद निम्ति के हुन्छ ? यौटा शालिक बन्दछ

त्यही शालिक धिक्कारी चराको चर्पी बन्दछ

पैराई फूलको माला मान्छे मालिक बन्दछ

त्यही मालिक-रक्षामा मार्ने कातिल बच्दछ

सहिदगेटको माथि मार्ने मालिक बस्दछ

सहिद शिरमा विष्टा त्यही कातिल गर्दछ

कस्तो विडम्बना हत्या ! यो कस्तो व्यतिरेकहो ?

वर्षौ भजाउने राष्ट्र बैङ्कको चेक मात्र हो ?

-चिडियाखोलो, बुटवल

Leave a Reply

Your email address will not be published. Required fields are marked *