Skip to content

चुम्बनको धुन

  • by


तिमी सङ्गीत भएछौ
मेरा रौँ भित्रका काउकुती भित्र
सल्बल् सलबल् गर्ने
मेरो प्राण सञ्चारको
एउटा अमीट धुन भएछौ ।

सारङ्गीको तार भित्र
मलाई लुकाएर
तिमी बेपत्ता भएपनि
म त्रि्रो ओठको कम्पनसँग
खोइ कहाँनेरी गाँसिएकी छु
म बन्दी भएँ
चुम्बनमा, आलिङ्गनमा
आहा ! म पनि हराएँ
तृष्णाको जालो भित्र
प्यासले हाँसेँ म ।

पैतालामा रौँको र्स्पर्शले
जागेको मेरो बैँश
चुम्बनको धुनमा
गुनगुनाई रहेछ
तिमीले सुन्यौ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *