पूजा गरनू शुभजन्मोत्सवमा अष्टचिरंजीविको
तिनकै पदमा शिर पनि धरी शरण पर्नु निको !
पूर्वबाट क्रमै संग पुजनू आठै दिशामा यथा
आठको पूजा सकी विचमा पुजनू देवी शष्ठिका !!
अश्वत्थामा ऋषि पुजेर पहिले पूर्व दिशामा अनि
आग्नेय कोणमा सभक्ति पुजनू श्री कृपाचार्य पनि !
गर्नू पूजा भक्तराज प्रल्हादको दक्षिण दिशामा गई
नैऋत्य कोणमा श्रीव्याश पुजनू एकाग्र मनको भई !!
गरी पश्चिममा दानराज बलिको पूजा र वायव्यमा
मार्कनडेय कन पूजन गरी हात जोडी माग्नू क्षमा !
दिशा उत्तरमा गएर पुजनू विभीषण लंकापति
इशान कोणमा हनुमानजीलाई पुज्नू सम्हाली मति !!
अर्घ आचमन गराई पहिले चढाई फूल चन्दन
भेटिघाटी गरी अगर केशरी धूपबत्ती बाली कन !
अश्तोत्तर शत गनेर दीपको ज्योति जगाई अर्पिनू
नैबेद्यहरु सब आगतानुसार ल्याई सबै सुम्पनू !!
जन्मोत्सव विधि गरेर यसरी सम्झेर मनमा हरि
पूजन गरनू शरण परनू जगाई ज्योति हरघडी !
मनमा भक्ति रहे हरि खुशी भए आशिष देलान अनि
शतायू बरदान पाएर प्रभूको दीर्घायू हौला पनि !!
विद्वान गुरु पुरुषोत्तम
विद्वान गुरु पुरुषोत्तम अधिकारीले लेख्नु भएको बिधि अनुसार अष्टचिरन्जीवी को पूजा गरी ह्यापी बर्थडे मनाउने गर्दा हाम्रो कल्याण हुन्छ
गणेश देवकोटा
सम्पादक ज्यू, लेखक सुची
सम्पादक ज्यू, लेखक सुची अन्तर्गत मेरो सबै चार वोटा रचनाहरु एकै ठाउं मा राखी दिनु भए आभारी हुने थिएँ र गणेशजी ले भने झैं हामीले आफ्ना नानी बाबुहरुको जन्म दिन मनाउने गर्दा परमेस्वोर भगवानले हामीलाई आरोग्य र दीर्घ जीवन दिनु हुनेछ , उही तपाइँ को आत्मन पुरुषोत्तम अधिकारी