Skip to content


व्यावसायिक वा गैरव्यावसायिक जासुसहरूद्वारा हत्यालगायतका अपराधको बारेमा अनुसन्धान गरिएको घटना समेटिएको साहित्यलाई जासुस साहित्य भनिन्छ । यो कथा आपराधिक शाखाको एक अङ्ग हो ।

प्राचीन जासुसी साहित्य

केही विद्वानहरूले केही प्राचीन तथा धार्मिक ग्रन्थहरूमा जासुसी कथाहरू भेटिएको बताएका छन् । प्राचीन कथा ‘सुसान्ना एण्ड डी इल्डर्स’मा जासुसी कथा भेटिएको थियो । यो कथामा दुई जना साक्षीहरूले बताएको बयानले गर्दा कथाले अर्काे मोड लिन्छ जब यसका अर्काे पात्र ड्यानियलले उनीहरूलाई छड्के जाँच गरे । प्राचीन गि्रक नाटककारले लेखेको ‘वेडिपस रेक्स’मा मुख्य पात्र वेडिपसले विभिन्न साक्षीहरूलाई सोधेपछि मात्र उनको वास्तविक परिचय थाहा पाएका थिए । यसैगरी, पुराना अरबी जासुसी कथाहरूमा डी थ्री एप्पल्स अग्रण मानिन्छ भने चीनमा मिङ्ग बंशमा लेखिएका पाओ गोङ्ग आन र अठारांै शताब्दिमा लेखिएका ‘डि जोङ्ग आन’ रहेका छन् । पश्चिमी शैलीभन्दा चिनियाँ फरक हुने तर ‘डि जोङ्ग आन’को शैली पश्चिमीसँग मिल्दोजुल्दो भएकाले डच लेखक भ्यान गुलिडले अङ्ग्रेजीमा भाषानुवाद गरे ।

प्रारम्भिक पश्चिमी साहित्य

भोल्टाइर्स जाडिग सन् (१७४८)लाई एक अग्रणी जासुस साहित्य मान्न सकिन्छ जसमा मुख्य पात्रले घटनालाई विश्लेषण गर्न बहादुरी देखाउँछ । डेनिस जासुस साहित्य रेक्टर अफ भेलबाई सन् १८२९ मा स्टीन स्टीन्सेन ब्लिचरले लेखेक थिए । कहिलेकाँही सन् १८१९ मा लेखिएका जस फ्राउलिन भोन स्कुडेरीलाई पहिलो जासुसी कथा मानिन्छ जसको प्रभाव सन् १८४१ मा प्रकाशित इदगार आलान पोइको ‘डी मर्डरर्स इन डी रूई मोग्र्यु’ मा परेको छ । यद्यपि सन् १८४१ देखि अङ्ग्रेजी बोल्ने विश्वमा यसको प्रकाशनसँगै यस्ता कथाहरूको सुरूवात भएको मानिन्छ । उनले षड्यन्त्रको शुत्रबद्ध गर्दै लेखजै जुन अति सफल र प्रभावकारी भए । फ्रान्सका इमाइल गाबोरिउ, अङ्ग्रेजीका महान उपन्यासकार चाल्र्स डिकेन्स पनि राम्रा मानिन्छन् । डिकेन्सको चेला विल्की कोलिन्सलाई अङ्ग्रेजी जासुस कथाको महापिता पनि भनिन्छ । जसले ‘डी वमन इन हृवाइट’ जुन जासुस साहित्यमा पहिलो पटक कसैले सुल्झाउन नसकेको विषयलाई समाधान गरिएको छ भने उनकै ‘डी मुनस्टोन’ (१८६८) लाई पहिलो, लामो र उल्कृष्ट आधुनिक जासुस कथा मानिन्छ । यो साहित्यलाई त्यसो मानेपनि सन् २०११ मा मात्रै थाहा पाएको ‘नटिङ्ग हिल मिस्टी’ले मुनस्टोनलाई सबै क्षेत्रमा पछाडि पारेको छ । सन् १८८७ मा प्रकाशित भएको अर्थर कोनान डोप्लेका सेलर्क होल्मेस सबैभन्दा प्रख्यात भयो ।

स्वर्ण युग

जासुस साहित्यहरू परिष्कृत भएको सन् १९२० देखि ३० सम्मको युगलाई स्वर्ण युग मानिन्छ । पछि अमेरिकी नागरिक भएका बेलायती साहित्यहरूमा पनि महिलाहरू यो विधामा अग्रणी छन् । आगाथा क्राइष्टाइ सबैभन्दा प्रख्यात छन् भने उनीसँगै डोरिथी एल सायर्स, न्गाइयो मार्स र मार्गरी आलिङगम चारजनालाई ‘अपराधका रानीहरू’ उपनाप दिइएको छ । सन् १९२९ मा रोनाल्ड क्नोक्सलदशवटा नियमहरू लेखेका थिए । यो युगमाा भएका सम्मेलनमार्फत उनले भुतप्रेत जस्ता पात्रहरूलाई हटाए । जासुस कथाहरूको उपशिर्षकको रूपमा छोटकारीमा ‘हुडोनइट’ वास्तविक हु डोन इट (कसले गरेको हो?) भए । पारिवारिक हत्यालगायतका अपराधहरूमा अपराधीको विषयमा अनुसन्धान गरेर अपराधी पत्ता लगाउने जिम्मा पाठक स्वयमलाई दिइन्छ । यो समयमा गैरव्यावसायिक जासुसहरूले गर्ने जासुसीलाई प्राथमिकता साथ प्रस्तुत गरिन्थ्यो भने थुप्रै सम्मेलनमार्फत ख्यातिप्राप्त कलाकारदेखि सम्मानित कविहरूले पनि यो क्षेत्रमा योगदान गर्न कोशिस गरेका थिए । यो युगमा आगाथा क्राइष्टाइ र मिस मार्पेलले प्रख्यात कथाहरू लेखे । क्राइष्टाइले मर्डर अन डी ओरियन्ट एक्सप्रेस (१९३४), डेथ अन डी नाइल (१९३७), ‘एण्ड डेन डीएर वेयर नोन’ (१९३९) लेखे । ‘बन्द कोठाको रहस्य’को गुरू भनेर चिनिने कार्टर डिक्सन र सेसिल स्ट्रीटले ‘डा.प्राइष्टलि’मा प्रविधिलाई पनि समावेश गरे । यो युगमा औपचारिक रूपमा नियम मान्ने र कोहीले आफ्नै ढङ्गले सम्मेलनको घोषणालाई बेवास्ता गरेर नयाँपन दिने प्रयास पनि भयो ।

निजी जासुसी साहित्य

सन् १८९४ मा बेलायती कथाकार अर्थुर मोरिसनले लेखेको ‘मार्टिन हेविट’लाई आधुनिक शैलीको निजी जासुुस साहित्य मानिन्छ । सन् १९२० को उत्तरार्धमा अल क्यापोने र मोबले डर, आतंकसाथै अमेरिकी भूमिगत अण्डरवर्डलाई स्थान दिन उत्प्रेरित गरियो । सन् १९३० को दशकमा निजी जासुस शैलीलाई अमेरिकीले अंगाले र यस्ता साहित्यलाई ‘हार्डबोइल्ड’ भन्न थालियो । यिनीहरूमा जासुसलाई लक्षित गर्नुभन्दा पनि ‘ग्याङ्स्टर’ वा गुण्डाहरू, अपराधीहरू, शिकारी र शिकारहरूको बारेमा लेखिएका हुन्छन् । सन् १९२० को सन्ध्यामा रेमण्ड च्यान्डरले नयाँ शैलीको जम्म दिए । फिलिप मार्लाेवे पात्रको विषयमा थुप्रै टेलिचलचित्रहरू निर्माण भएका छन् । त्यसैगरी, रेस म्याक्डोनोल्डले हार्डबोइल्ड कथाकारहरूले हत्या, हिंसा, यौन, झडपहरूलाई समावेश गरेर जिवन्त पार्ने कोशिस गरे भने माइकल कोलिन्सले सामाजिक कोणबाट आधुनिक युगको शैलीलाई नेतृत्व गरेका छन् । यी कथाहरू पुरूष प्रधान रहेका छन् जसमा महिलाले मुस्किलले प्रकाशक भेट्टाउँथे । मार्सिया गुल्लर, सारा पारेत्स्की र सुइ ग्राफ्टनले सन् १९७० को सन्ध्या र १९८० को आगमनमा प्रकाशन हुन पायो । यी महिला कथाहरूमा जासुस पनि महिलानै हुन्थे । ख्याति र सफलतासँगै प्रकाशनहरूले महिला साहित्यहरू खोज्न थाले ।

प्रहरी जासुस

प्रहरी अधिकारीलाई मुख्य पात्र बनाएर लखिने कथाहरू प्रहरी जासुसी कथा हुन् । अनेक अपराधको अनुसन्धानमा लागेका प्रहरीका दैनिक क्रियाकलापहरूलाई तथ्यमा आधारित भएर लेखिएका हुन्छन् । यी कथाहरूमा ‘हुडोनइट’ शैलीमा लेखिएका हुन्छन् अरूमा अपराधीहरू थाहा नै भएको हुन्छ तर प्रमााणत गर्नलाई यथेष्ट प्रमाण जुटाउने प्रयास गरिन्छ ।

अरू उपशैलीहरू

यस्ता शैलीमा ऐतिहासिक जासुस, रेलमार्ग, कोजी मिस्टरिजहरू रहेका छन् । कोजी मिस्टरिजहरू बीसौँ शताब्दीको उत्तरार्धमा स्वण युगको ‘हु डोन इट’ लाई पुनःनिर्माण गरिएको छ जसम हिंसा र सश्पेन्स हँदैन र महिला गैरब्यवसायिक जासुसको भूमिकामा हुन्छन् । आधुनिक कोजी मिस्टरिजहरू कुनैपनि विषयमा हास्यशैलीमा लेखिएका हुन्छन् । अरू उपशैलीको जासुस साहित्यहरूमा श्रृखलाबद्ध हत्याको रहस्य हुन्छन् । यस्ता जासुसी साहित्य सन् १९२० देखिनै पाइएपनि सन् १९७० मा ‘सिरिएल किलर’को उपनाम दिएपछि र सन् १९८८ मा डी साइलेन्स अफ डी ल्याम्ब्स प्रकाशित भएपछि मात्र प्रसिद्ध भए ।

विश्लेषण

साहित्यको गोपनियता संरक्षण

यस्ता साहित्यहरूमा रहेका रहस्य, षड्यन्त्र, समाधानको विषयमा विज्ञापनदाता, समालोचक, विद्धानहरूलाई सो बारेमा बाहिर सार्वजनिक नगर्न अनरोध गरिएको हुन्छ । मिक्ी स्पीलानेको उपन्यास ‘आइ, डी जुरी’मा यस्तो भनिएको छ भने बिली वाइल्डर्सको चलचित्र ‘विटनेश फर डी प्रस्युक्युसन’ नयाँ दर्शकहरूले मनोरञ्जन गर्न पाओस् भने दर्शकहरूलाई सो बारेमा केही नबताउन अनुरोध गरिएको छ ।

प्रविधिको प्रभाव

जबदेखि मोबाइल फोन, पेजरलगायतका प्रविधिहरू आए तबदेखि घटना भएका स्थानमै जानु नपर्ने भएपछि यसको वैधानिकतामा प्रश्नचिन्ह लाग्यो । यद्यपि घटना भएको स्थानमा अनुसन्धान गर्नलाई जाँदा आफंैलाई खतरा हुन्थ्यो ।

क्षेत्रीय तथा जातीय उपसंस्कृतिको परिचय

सन् १९६० देखि अमेरिकामा उदाएको यस्ता साहित्यले विभिन्न उपसंस्कतिको कथाहरूलाई मुख्यधारमा ल्याउने प्रयास गरेको थियो । न्यू मेक्सिकोको स्थानीय बासिन्दाको बारेमा टोनी हिल्लरम्यानद्वारा लेखिएका विभिन्न कथाहरूबाट प्राचीन नाभाजो संस्कृतिको बारेमा अहिलेसम्म लेखिएका कथाहरूभन्दा पनि धेरै अमेरिकालीहरूले थाहा पाएका छन् । यसैगरी, सन् १९५० को अफ्रिकाली अमेरिकाली समूदायको बारेमा पनि लेखिएका कथाहरू छन् ।

प्रस्तावित नियमहरू

विभिन्न लेखकहरूले नयाँ पुस्ताको लागि सहयोग होस् भनेर विभिन्न जासुसी नियमहरू र नितीहरू कोर्ने प्रयास गरेका छन् । सन् १९२८ मा भ्यान डाइनले बीसवटा नियमहरूलाई सूत्रबद्ध गरेका थिए । जासुसी साहित्य एक किसिमको वौद्धिक खेल हो । यो भन्दा पनि यो खेलसम्बिन्धित इभेन्ट हो । जासुस कथा लेख्नको लागि केही ठोस नियमहरू छन् जुन नलेखिएको हुन सक्ने सम्भावना छ । रोनाल्ड क्नोक्सले दशवटा नियमहरू सन् १९२९ मा लेखेका थिए ।

शनिबार, गोरखापत्र
माघ २२, २०६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *