टाढा बसी तड्पायौ मेरो भूल के थियो ?
एक नजरमै फसायौ मेरो भूल के थियो ?
बोलीमै लठ्ठिएँ म वहकिएँ कि अलिकति
पाताल सम्मै धसायौ मेरो भूल के थियो ?
जीवनभरि साथ दिन्छु भन्थ्यौ कसम खादै
तर भिरबाटै खसायौ मेरो भूल के थियो ?
गगन रुँदा खुसी छौ आज पापको डर छैन
किन शत्रु सारा हँसायौ मेरो भूल के थियो ?
