फूल उनी,
जून उनी,
खुन मेरो उनी
देखिन आज मैले
भेट्न किन आइनन् ?
किन मेरो आँखाबाट ओझेल परिन् ?
प्रिय
कुनै परिबन्धमा त परेनौं ?
कतै समय पापीले त बाधेन ?
कति आतुर थिए मेरा ओठ
तिम्रो नाममा लेखेको मनको वह,
तिम्रै यादमा कल्पेका कल्पनाहरू
तिमीलाई सुनाउन
तर
अहिले ब्याकुल भा’को छु म
तिमीलाई नदैैख्दा,
तिमीलाई नभैट्दा,
रोइरहेछन् आँखा,
विरह र वेदनाको आँधी चलिरहेछ मनमा ।
ज्वारभाटाहरू उर्लिरहैछ,
सात रेक्टर स्केलको भुइँचालो गइरहेछ मष्तिष्कमा
कतै हिजो भेटेको क्षण नै
अन्तिम त होइन ?
हिजो बोलेको आइ.लभ.यू.
र तिम्रो त्यो कोमल हातले मुसारेर
गालामा च्वाप्प खाएको म्वाई
अन्तिम हुने त होइन ?
कतै दैवले अन्तर्घात त गर्नै हौइन ?
त्यसैले म भगवानसाग विन्ति गर्छु
हे ! भगवान
कहिलेकाहीँ त मेरो मनको कुरा पनि पूरा गराई दैऊ न
फूलपाती चढाउला
त्यतिले नपुगे
के माग्छौ घुस भन
म दिन तयार छु
रागो, बोका, कुखुरा, परेवा……..जे माग्छौ ?
म चाहान्छु–
उसको मायामा
मेरो यो शरीर समाधिष्थ गराउन,
उसको मायाको रापमा
यो ज्यान खाग बनाउन ।
उनी टाढा छिन्
मेरो कुपोषणयुक्त
इच्छा, आकांक्षा र सपनाहरू
मनसँगै बतासिएर
कहिले बतासमा,
कहिले वर्षातमा
समाहित हुँदै उसको प्यारमा
उसको माया
आँखाको डिलबाट
बग्न थाल्छ अवीरल,
म सम्झिन्छु उसले भनेको कुरा–
तपाईँलै भनेको हैन ?
तिमी मेरो मुटु हौ भनेर
हो म तपाईँकौ मुटु भए
तपाईँ मैरो शरीर
शरीर र मुटु कहिले अलग हुन सक्छ ?
त्यसैले अब हामी एउटै भएनौ त ?
२२ माघ २०६५
