फेरि आज ईश्वरले घात गरे जस्तो लाग्यो
उनकै यादमा रातदिन गए जस्तो लाग्यो ।
रहेनछ सँगै जिउनु किन भेट भयो हाम्रो
भेटिएर छुट्नु भन्दा एक्लो जीवन राम्रो
एक्लै थिएँ राम्रै थियो दैव किन भेट गरायौ
मर्नु र बाँच्नु पारी किन यसरी तड्पायौ ?
पापी मन किन–किन उनकै यादमा रम्छ
विर्सिएको भान पार्यो मन भित्र–भित्रै रुन्छ
आजभन्दा भोलि माया बढी लाग्ने उनको
हेरिबस्छु तस्वीर सधैँ उनी कान्ति जूनको ।
