न बेगारीको कुनै नाम छ
न बेगारीको कुनै काम छ
दिनभरी घुम्यो डुल्यो बजारभरि
न बेगारीको कुनै दाम छ
दर्शन बुझ्दैन धर्म मान्दैन
न बेगारीको कुनै धाम छ
न हाँस्छ न रुन्छ संधै उदास हुन्छ
न बेगारीको कुनै याम छ
साझा पृथ्वी सबैको हो भन्छ
न बेगारीको कुनै ठाम छ

wah wah kiran ji tapaiko
wah wah kiran ji tapaiko Title Gajal ta sarai mann paryo….. Keep it up……