Skip to content


कहिले
मलाई
पहाडजस्तै गजधम्म
परेर बस्न मन लाग्छ,
कहिले
रुख जस्तै हात हल्लाएर
हावाको सुसेलीमा
कम्मर मर्काई–मर्काई
नाच्न मन लाग्छ,
कहिले पूर्णिमाको
जून भएर गगनमा
सधैँ चम्किरहन मन लाग्छ,
गमेर सोच्छु–
पहाड भएर
निर्जीव हुनु कसरी,
हावाको गतिमा नाच्ने
रुखजस्तै अघोषित
पागल हुनु म कसरी,
सधैँ अर्काको भरमा
चम्किरहने जून बनुँ म कसरी
मन यसैमा
घोत्लिरहन्छ
वहस चलिरहन्छ मष्तिष्कमा
टुङ्गोमा पुग्न सकेको छैन मन
तर
निर्णयको नजिक छ
तारा बनेर चम्किरहने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *