एकको मात्र होइन हो बाहुन-क्षत्रीको गुनासो
कुरा सुने जसले भन्छन् के सुनाए यस्तो ?
मिली यिनले देश जाति बनाइरहे सस्तो
भनी हिँड्छन् अरूले बाहुन-क्षत्री नै किन यस्तो ?
मान्छौँ पहिला बाहुन-क्षत्री थिए होला त्यस्तो
रुढीवादीको चलन भएर हो कि भए मत्तो !
तर, आज दोष नदिनु बाहुन-क्षत्रीलाई यस्तो
आफू पछि परे पनि सहिरहेछन् कस्तो !
सबलाई मिलाई अघि बढ्ने कुरो भएछ यस्तो
किन जानीबुझी बुझपचाउँछन् होला आज यस्तो !
बाहुन-क्षत्रीलाई सयमा सय चाहिन्छ भन्छन्
अरूलाई सयमा पचास पाए पुग्यो भनी भन्छन् ।
यति सहेर पनि बाहुन-क्षत्रीले अघि बढ्न भनिरहेछन्
अरूले मिलीजुली आफ्नो राज्य बनाइरहेछन् ।
बाहुन-क्षत्रीले राज्य होइन, देश बचाऔँ भन्छन्
कसले मातृभूमिको छाती आज टुक्रा पार्दैछन् ?
बिन्ती जान्ने बुझ्ने को भएछ कुरो उब्जियो कस्तो
देशलाई टुक्र्याउने कुरा गरे कुन सज्जनले मान्छ पो ?
सानो मुलुकमा कुरा भयो यो कस्तो विशाल पो
हिमाल, पहाड, तराई हाम्रो बनिरहोस् सधैँ नेपाल यो ।
नेपाल साप्ताहिक ४५५
