Skip to content


बर्षायाममा झर्ने झरी हौ तिमी
मेरो लागि स्वर्गको परी हौ तिमी

चरीको चिरबिर सुन्ने शिकारी म
मेरो लागि शिकार चरी हौ तिमी

एक अबोध बालक मान्छौ भने मलाई
मेरो लागि लोहरी लै बरी हौ तिमी

मायाको पुजारी मायाकै पूजा गर्छु
मैले पुज्ने मेरो हरि हौ तिमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *