Skip to content

मनले चाहेमा प्रीत सधैं हुन्छ



मनले चाहेमा प्रीत सधैं हुन्छ
प्रेमीहरूको जीत सधैं हुन्छ
दुवैको चोखो माया भएपछि
प्रेमीहरूको जीत सधैं हुन्छ

कलाकारको सुन्दर कृति हौ अरे
प्रेमीहरूको सुन्दर प्रीति हौ अरे
तिमीभन्दा सुन्दर छैन केही भन्छन
परीको सुन्दर स्मृति हौ अरे

व्यथा मेटिंदैन, पिउनुको अर्थ छैन
मुटु छिया-छिया, सिउनुको अर्थ छैन
जहिले पनि दुखले किन सताउँछ ?
दुखको बीच जिउनुको अर्थ छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *