Skip to content

हाम्रो देशमा राजगर्ने नेता दक्ष खोजौं अब

  • by


हाम्रो देशमा राजगर्ने नेता दक्ष खोजौं अब
मातृभूमि बिकासको मूल लक्ष खोजौं अब

जुनै नेता आए पनि निमुखा त मरेकै छन
गरिबलाई न्यायदिने राम्रो पक्ष खोजौं अब

अँध्यारोमा ज्योति छर्ने देशभक्त कोही भए
बैरीहरू आँखा लाउलान देशरक्ष खोजौं अब

सिटकै लागि मरिहत्ते किन गर्छन् नेताहरू ?
घुम्ने कुर्ची लुकाउने कालो कक्ष खोजौं अब

मनोज काफ्ले मनसुन
रचना मिती ४ अगस्त २०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *