Skip to content


सबतिर लहलह आश पलायो
छायो हर्ष नयाँ
तरुको हरियो पात सुसायो
आयो वर्ष नयाँ
यति वीभत्स कि यो ठाउँ जहाँ
हिजो चिहान थियो
हेर्दै, लाल गुराँस फुलेको
आज उझान भयो
तनमा, मनमा काउकुती झैं
लाग्यो वर्ष नयाँ
व्युँतिन लागे ढुङ्गा-मूढा
व्युँतिन लागे लास
मीठोमीठो आउन लाग्यो
मगमग मगमग बास
व्युँतेझैं हर जनमानसले
पायो स्पर्श नयाँ
आयो वर्ष नयाँ !

युवामञ्च २०६८ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *