Skip to content

मोहनी लागे झैँ टुना र मुनाले

  • by


मोहनी लागे झैँ टुना र मुनाले
तिम्रै हात खोजे चोलीको तुनाले

पलङ्गको छेवैमा म एक्लै सुसाएँ
रातभरि उनैलाई कुर्यो कुनाले
तिम्रै हात खोजे चोलीको तुनाले

त्यो घर रुन्छ मन डुलाई डुलाई
‘खोई ?’ भन्छ जोडी म एक्ली हुनाले
तिम्रै हात खोजे चोलीको तुनाले

छ यौटा तस्बिर उनले छोडेको
मुस्काई रहन्छ त्यो मैले छुनाले
तिम्रै हात खोजे चोलीको तुनाले

खै कहिले आउँछ मिलनको बेला
जिउ सुकिसक्यो सम्झेर रुनाले
तिम्रै हात खोजे चोलीको तुनाले

मनोज काफ्ले मनसुन
रचना ८ अगस्त २०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *