Skip to content

जेठ चौधमै संबिधान बनाऊँन सबै मिली,


जेठ चौधमै संबिधान बनाऊँ न सबै मिली,
नेपालीको छुट्टै सान बनाऊँ न सबै मिली !

धेरै सह्यौं भारतीयको हस्तछेप हामीले,
देश चलाउने घरेलु तान बनाऊँ न सबै मिली !

जे गरेनी हुने भो यहाँ पहुँच भएकाले,
निमुखाको बोलीसुन्ने कान बनाऊँ न सबै मिली !

उठौं जागौं हर नेपाली नबसौं हात बाँधी,
उन्नतिको आकास छुने यान बनाऊँ न सबै मिली !

जाति, भाषा, धर्म, पेशा, सबैलाई समेटेर,
एउटा छुट्टै छुट्टै बिधान बनाऊँ न सबै मिली !

मधेसी, हिमाली, पहाडी हामी बराबरी,
मेची काली एउटी घान बनाऊँ न सबै मिली !

जेठ चौधमै संबिधान बनाऊँ न सबै मिली
एउटा छुट्टै छुट्टै बिधान बनाऊँ न सबै मिली !

Leave a Reply

Your email address will not be published. Required fields are marked *