फैलियो माया दुबो सरी कहिल्यै घटेन
कहाँ राखुँ तिम्रो याद यो दिलमा अटेन
अमृतभन्दा मिठो लाग्छ मधुर त्यो बोली
बग्न थाल्यो जिन्दगीमा उमंगको चोली
भेटुँ भेटुँ लाग्छ तिमीलाई गोधुली साँझमा
रम्दैन यो मन जब फूलै-फूलको बिचमा
शब्द – त्रिविक्रम पाण्डे
स्वर – राजेश पायल राई / कुन्ती मोक्तान
संगीत – शीला बहादुर मोक्तान
एल्बम – मायालुलाई
