Skip to content

ढुङ्गाभित्र बास हुन्छ देवताको

PabitraPrayatna


सिंदुर घस्दा ढुङ्गाभित्र बास हुन्छ देवताको
फूलपाती चढाउला आस हुन्छ देवताको

झट्ट हेर्दा निर्जीव ढङ्गा, रगताम्मे सिंदुर मात्रै
विश्वासमा सजीवता, सास हुन्छ देवताको

सत्य, द्धापार, त्रेता युग, सकिएर कलियुगमा
शक्ति भक्ति सबथोक, नास हुन्छ देवताको

सारा पुकार सुन्लान अनि माग्या’ सबै वर देलान्
भरोसामा मन्दिर धाए, दास हुन्छ देवताको

आस्तिकताले हेर्दा मात्र ढुङ्गाभित्र ‘देव’हुन्छ
नास्तिकताले आडम्बरी, लास हुन्छ देवताको

पवित्रा प्रयत्न
फिदिम -९ पाँचथर

6 thoughts on “ढुङ्गाभित्र बास हुन्छ देवताको”

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *