Skip to content

साँझपछिको बिहान खोज्दैछु

  • by


साँझपछिको बिहान खोज्दैछु
जीवन उत्सर्गको चिहान खोज्दैछु

त्यसै बिते ज्वनिक रङ्गहरू
यो मनमा त्यो मनको यम खोज्दैछु

सकिनछु तिम्रो दिलमा अटाउन
मायानै माया अटाउने ठाम खोज्दै छु

आर्तहिन मनका तीर्थयात्राहरूमा
मन सच्ने पवित्र घाम खोज्दैछु

विक्षिप्त मनको जवानीमा यो मन
उम्गमा नयाँ पलुवाको याम खोज्दै छु

ताप्लेजुङ् हाल काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *