एकरात काट्न आवास खोजिरहेछ मान्छे
आफ्नै मृत्युको संन्त्रास खोजिरहेछ मान्छे ।
गृष्ममा पोलिएर रेगिस्थानमा छोडिएर ऊ
यहाँ धनीको आसपास खोजिरहेछ मान्छे ।
उदेक लाग्छ हिजाज! मान्छेहरुको भीडमा
सधै आफ्नाकै स्याबास खोजिरहेछ मान्छे ।
आऊ फुलाऊ फुलयहाँ भन्छ मातृभूमीले
हलो कुटोबाट अवकाश खोजिरहेछ मान्छे ।
खालि उनकै लागी एकमुठी सास संगालेर
आज परदेशमा दुई गासँ खोजिरहेछ मान्छे ।
मिति २०६८ । ७ । २२ गते
एलादी स्याङ्गजा हाल कुवैत
