जिन्दगीको भुमरीमा, घुमिन्छ फनफनी
अतितको यादले सताउछ, यो मुटुमा गनीगनी !!
आउछ तिम्रो याद मलाई, आँखामा झल्झली
समय चक्र बिताउदैछु, आफै त्यसै बोलीबोली !!
सुन्दर सपनाको महलमा उड्छ हावासरी
कस्तो बचन दियौ तिमीले, भुल्ने छैन जीवनभरि !!
एकान्तनै प्यारो मलाई, आँखामा आँशु टिलिपिली
म त पराई भए आज, तिमी छौ झिलिमिली !!
कसो गरू मैले अब, जीवन भयो पानीपानी
बुझे मैले तिम्रो आत्मा, बाँच्छु आफै जानीजानी !!
छोडी गयौ तिमी मलाई, नजर तिमी हेरीहेरी
कस्तो रहेछौ बानी तिम्रो, हिड्छौ आफै फेरी फेरी !!
चन्द्र ब. गुरुङ
दाउन्ने देवी – २ सूर्यानगर, नवलपरासी
हाल – दोहा, कतार
