Skip to content


यस्तो राम्रो फूल फुलेको छ
कहाँ छौ तिमी ?
कस्तो शीतल हावा चलेको छ
कहाँ छौ तिमी ?
फूलको कोमलतामा थियौ कोही बेला
जूनको शीतलतामा थियौ कोही बेला
फूल उस्तै फुलिरहेकै छ
हावा उस्तै चलिरहेकै छ
जून पनि त उस्तै छ, उस्तै छ
तर, छैनौ तिमी
कहाँ छौ तिमी ?

शनिबार, गोरखापत्र
पुस ९, २०६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *