Skip to content

जुठो हुन्न पीरततीमा

लाली अनुहार चुमे पनि जुठो हुन्न पिरतीमा
जुन झार्ने कसम पनि झुटो हुन्न पिरतीमा
मनै भित्र पलाउंछ, मनै भित्र मौलाउंछ,
वाहिर फुल्ने गुरांस जस्तो बुटो हुन्न पितीमा
कि झ्याङगीन्छ स्वामी जस्तै कीत ढल्छ जरै सित
डडेलोले खाए जस्तै ठुटो हुन्न पिरतीमा
जुनी भरी बोक्न मिल्छ पिरतीको घांसको भरी
एकै दिनलाई काम चलाउने मुठो हुन्न पिरतीमा
कुटी हेर पिसी हेर दानाहरु सग्लै बस्छन्
चाली हेर कनीका र ढुटो हुन्न पिरतीमा
बसेरी-७ ,धादिंग

Leave a Reply

Your email address will not be published. Required fields are marked *