Skip to content

पिउँदा-पिउँदै मातेको


पिउँदा-पिउँदै मातेको त्यो कुरा नगरूँ म भो !
मताईमा ओठ चाटेको त्यो कुरा नगरूँ म भो !!

मुटु टुक्र्याएर जिउन सम्भव हुँदैन भन्थे
आखिर मलाई ढाँटेको त्यो कुरा नगरूँ म भो !!

सुन्छु तिम्रो अर्कैसँग घरजम भयो रे ऐले
हामीले जोवान साटेको त्यो कुरा नगरूँ म भो !!

यही नै मेरो गल्ती थियो तिमी सँग भेट हुनु
जुनसँग रात काटेको त्यो कुरा नगरूँ म भो !!

अब सायद आउने छैन फर्केर त्यस्तो दिन
शीतमा शरिर तातेको त्यो कुरा नगरूँ म भो !!

http://palans-sanjiwani.blogspot.com/p/blog-page_29.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *