Skip to content

अलिकति फेरिनुस् मन्त्रीज्यू !


म तिम्रो आमा हुँ,
म तिम्रो बाबा हुँ
गरिब र निशाहय
भाइ, दाइ, दिदी वा बहिनी हुँ
म तिम्रो वर्ग आफन्त हुँ ।
तिमीसँग मेरो ठुलो माग छैन
मलाई आकाशको तारा चाहिएको पनि होइन
मैले गरेको अपेक्षा
केवल ‘मन्त्रीज्यू’
तिमी अलि बदलिए हुन्थ्यो ।

‘देश चलाउन कम गाह्रो छ ?’
यो त मैले सुनेकै हो
‘बदल्ने कुरा चानचुन छैन’
यो पनि मैले सुनेको हो
त्यसैले त ‘मन्त्रीज्यू’
हामीले तिमीलाईलाई छानेका हौं ।
किनभने
तिमी ‘बदल्छु’ भन्थ्यो
‘नयाँ केही गर्छु’ भन्थ्यो ।

मलाई थाहा छ, मेरो देश गरिव छ
हरेक दिनको मेरो समस्या टार्ने वेला भएको छैन,
देश विकाशको अभियान आउन वाँकि नै छ
आजै हाम्रा लागि सुविधाको मोटर मागेको होइन,
मलाई आजको भोलि
मेरो आगन अगाडि पिज रोड चाहिएको होइन,
भ्रष्टाचारले ग्रसित मेरो देशमा
तिमी आउनासाथ हामीले
झिलिमिलि विजुलीको अपेक्षा गरेको होइन
तर मन्त्रीज्यू
मेरो अपेक्षा यति हो
तिमी अलि सरल भइदिए हुन्थ्यो ।

किन हो कुन्नि ?
तिमी हाम्रो घरको वुइगलमा वस्दा जस्तो
सरल देख्दीन आज
तिम्रो कोपाराहरु फ्याँक्दा जस्तो
सौहार्द पाउदिन आज
तिमीले ‘आमा’ भनेर वोलाएको आवाज
‘बाबा’ भनेर गरेको संवोधन
आज किन नौलो नौलो लाग्छ हामीलाई
‘मन्त्रीज्यू’
हाम्रो विचारमा तिमी
अलिकति त बदलिनै पर्यो ।

हामीलाई दुई हात जोडेको भन्दा
मुठि उठाएको नै राम्रो लाग्थ्यो
कोट र पाइट भन्दा
थोत्रा कपडानै प्रिय लाग्थ्यो
मोटरमा हुइकिने मेरो ‘मन्त्री’ भन्दा
खुइय गर्दै पिंढीमा आउने
योद्धा नै आफ्नो लाग्थ्यो
तर किन हो ‘मन्त्रीज्यू’
मन्त्रीको रुपमा आज भोलि हामीलाई
ती राता र ताता मान्छेहरु
हाम्रा आफन्त होइनन् भन्ने संका जाग्छ
ठुला ठुला पराया हुन कि भन्ने कुरा मनमा आउछ
त्यसैले, अलिकति त बदलिनै पर्यो ।

किन यस्तो हुन्छ हामीलाई ?
लाग्छ
जनताको घेरा बदली आफन्तका घेरा कसिएर हो कि ?
वलिदानको ठाउँ रक्त समन्धले जितेर हो कि ?
‘मन्त्रीज्यू’लाई भेट्न
कडा पहरा छिचल्नुपर्ने भएर होकि,
अर्थात
हप्तौसम्म कुरेरपनि
विनाभेट फर्कन पर्ने भएर हो ?
यस्तै तर्क वितर्क खेलीरहन्छ
त्यसैले ‘मन्त्रीज्यू’
तिमी अलि बदलिनै पर्यो ।
जनताको प्यारो नेता
हाम्रो मुटुको ढुकढुकि
फेरि एकपटक बन्नु पर्यो ।

२०६५–११–२५
चितवन शक्तिखोर

Leave a Reply

Your email address will not be published. Required fields are marked *