कस्तो स्वतन्त्रता हो यो मैले पाएको?!
मदहोस छु म
रमाउदै रहरहरुमा
मैले पाएका स्वतन्त्रताहरु
छरपस्ट हुदै पुग्दैछन पर सम्म
बेलगाम दौडदै।
प्रिय लाग्छ मलाई
रोज्दै नरोजेको साथहरु
पुकार्दै नपुकारेको हातहरु
न चाहन्छु म यस्लाई कुनै परिधिमा सीमित राख्न
न सक्छु म उन्मुक्त भएर बग्न नै
कस्तो संयोग हो यो तिमीसंगको?!
फैलाउन खोजेर पनि संहाल्न नसकिने
तर मनसपटलमा हरबख्त गुन्जिरहने।
कति असामयिक मेरा स्वतन्त्रताहरु?!
तिमी पर जान्छौ थाकेको बहाना गरी रोकिन्छौ
विस्मित मेरा दृष्टिहरुपनि तिमी तिरै बढिरहन्छन
सोच्दै,
कुन बेला पुग्ने होलान मेरा भावनाहरु गन्तब्यमा,
म अघि पुग्छु फेरि बाटो हेर्ने बहानाले फर्किन्छु
कति पाइला तय गरे भनेर,
देख्छु, तिम्रो दृष्टि पनि मेरो छाँया नै पछ्याईरहेको,
त्यो रसिलो आँखा देख्दा डर लाग्छ मलाई
मेरा लर्खराउदा पाइला तिमी नै पो सम्हाल्न आइपुग्छौ
मेरो कस्तो यात्रा हो यो तिमीसंगको?!
आफै संग अन्तरविरोध गर्ने?!
खै बुझेको तिमीले?
म डराएको तिम्रो उपस्थितिले पो त
भयभित छु त केबल तिम्रो हेराईले
त्रसित छु त केबल तिम्रो स्पर्शले।
असजिला छन तिम्रा हातहरु
द्वविधामा छन मेरा रहरहरु
म चाहान्छु तिमी स्वंय बुझ
तिमी असमंजस हुन्छौ ,
म चाहान्छु मेटाउन
फेरि किन ब्युझाउन अनुरोध गर्छौ?
कस्तो अभर हो यो तिमीले दिएको
अन्तरवेदना जस्तो?!
म बेहोसछु
रमाउदै मेरा रहरहरुमा
मैले पाएका स्वतन्त्रताहरु
एकपछि अर्को , मै संग
विरोधाभास हुदै फैलिदैछन म भित्र
र छरपस्ट हुदै पुग्दैछन पर सम्म -बेलगाम दौडदै।

कविता पढे। साह्रै मन पर्यो
कविता पढे। साह्रै मन पर्यो लेख्ने उत्कृष्ट कलाको। बस्न त बसे टिप्पणी गरु भनेर । तर पढ्दै गये पटक पटक लेख्ने कुरै भेटaईन । मेरो निस्कर्स र लेखै लाग्यो एउटै हो। टिप्पणी र कविताko भाव एउटै हुँदा तेही कविताको निरन्तरता जस्तो लाग्ने रहेछ। हो, मेरो निस्कर्स पनि तेही नै हो द्विविधा ।
खै अरु क् लेखुम।।।।। लेख्नै मन लागेन।।।
ज् भएपनी लेख्ने र अविव्यक्त गर्ने शैली मिठो छ। बग्न सकिन्छ सहजै।।।
अन्यथा भये माफ पौं है आश्मा जि !
आश्मा,
द्विविधालाई राम्रोसँग
आश्मा,
द्विविधालाई राम्रोसँग झल्काउनु भा’छ ………मानौ यो कविता लेख्दा तपाईं आँफै द्विविधामा हुनुहुन्छ! फेरी फेरी पनि पढ्न पाऊ, है।
🙂
अब यथार्थता जस्को पनि
🙂
अब यथार्थता जस्को पनि हुनसक्छ – शब्दले नै छर्लङ्ग पार्दिया छ। जे हो त्यहि बुझ्दिए पछि -द्विविधा हैन भनेर कसरी भनु?–:) धन्यवाद प्रीति।
अनि अथितिजी माफ माग्नुपर्ने केहि ठाँउ नै छैन बरु तपाईका शब्दले मलाई अरु प्रोत्साहित गरेका छन।
na rojeka saatha haru,na
na rojeka saatha haru,na pukareka haat haru,
belagaam ti rahar haru,
dwibidha ka kahar haru,
feri pani uhi eutaui ,
artha purna prahar haru,
tesaile ta kunai rahar katai taadha bhae pani,
ashma mero manai bolyo,sabda timra bhae pani.
[suphi]