Skip to content


मेरो संसार तिमी नै हो
मेरो आधार तिमी नै हौ
मलाई स्वर्गको यो प्यारो
प्यारो उपहार तिमी नै हौ

तिमी आयौ मेरो मनको
अँधरीमा जून छायो
ढकमक फुले सपना
जिन्दगी नै मगमगायो

अधुरै थियो जिन्दगी यो
अधुरो नै थियो जवानी
तिमीसँगै भयो सुरु
मेरो साँचो यो कहानी

शब्द – कृष्ण हरि बराल
स्वर – दीपक खरेल
संगीत – दीपक जंगम
एल्बम – कि त तिमी मन पर्छ्यौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *