Skip to content

धनबाद हैन मन बाद देउ

बिशाल एउटा जेहेन्दार घरानिया परिवारको छोरो हो |उसको परिवार सम्मानित परिवार हो \ उसको बुवाको राम्रो ब्यापार छ अनि समाजमा राम्रो प्रतिष्ठा छ | सानै देखि राम्रो पदने भएकाले उसले सानै उमेरमा एम ए गर्यो. अमेरिका को छात्रवृत्तिमा पी एच दि गर्दा उसले शोध ग्रन्थ लेख्न नेपालको बढ्दो बेश्या वृत्ति लाइ छान्यो | उ नेपाल जाँदा खुसि थियो आफ्नै मातृभूमि को बारेमा केहि भए पनि नया खोज अनुसन्धान गर्न पाइने भयो भनेर|गएको भोलिपल्ट देखि उसले आफ्नो काम शुरु गर्यो. विभिन्न बेश्यालयमा ग्राहक बनेर जाने बेश्या वृत्तिमा लागेकाहरु संग विभिन्न प्रश्न हरु सोध्ने उसको दैनिकी बनेको थियो | उसले पटक पटक भेट्नु पर्ने भएकाले कतिपय केटीहरुलाई नजिक बनाएको थियो | उनुहरुको सम्पर्क ठेगाना र नम्बर लिएको थियो अनि आफ्नो पनि दिएको थियो | एकदिन उसको फोनको घन्टी बज्यो | उता बाट कसैले सोध्यो बिशाल जी हुनुहुन्छ | उसले आफु नै बिशाल भएको बतायो | कसैले आफु कुनै गैर सरकारी संस्था बाट बोलेको र आफु हरु र पुलिसको संयुक्त प्रयासमा केहि स्थानमा छापा मारेको र ति मद्धे एकको बिषयमा जानकारी चाहिएकोले तुरुन्त आउन भन्छ | बिशाल प्रहरी चौकी मा पुग्छ|
उनीहरुले बेश्याबृत्तिमा लागेकी एक सुन्दर युवतीलाइ देखाउदै उसलाई चिनेको छ भन्छन | विशालले आफुले चिनेको र उसको नाम सरला भएको जानकारी दिन्छ | पुलिसले सोधपुछ गर्न थाल्छ | बिशाल ले आफ्नो यथार्थ विवरण बताउदै आफु शोध ग्रन्थ लेख्न अमेरिका देखि आएको त्यस क्रम मा धेरै बेश्यालय चाहरेको ,सरलालाई पनि त्यसरी नै भेटेको जानकारी दिन्छ | गैरसरकारी संस्थाका प्रतिनिधि हरुले आफुहरुले डाक्टरी चेक गराउदा सरला गर्वावती भएको जानकारी दिन्छन |
बिशालले त्यसमा अनभिज्ञता प्रकट गर्छ |बेश्यालय संचालक हरुले पनि बिशाल नियमित रुपमा आउने गरेको जानकारी दिएको बताउछन उनीहरुले त्यो गर्भ बिशाल बाट बसेको जानकारी सरलाले दिएको ले उनीहरुले बताउछन | आफुले नियमित जस्तै भेटेको सहि हो तर सरला संग कहिल्यै शारीरिक सम्बन्ध नभएको भनेर विशालले त्यो कुराको प्रतिकार गर्छ | यथार्थ विवरण न आएसम्ममा का लागि उसलाई पुलिस सम्पर्कमा बस्न भनिन्छ | उसले दैनिक प्रहरी कार्यालयमा हाजिर लगाउनु पर्ने हुन्छ | गैर सरकारी संस्था हरुल्ले विशाललाई गर्भको बच्चा स्वीकार गर्न दबाब दिनथाल्छन
बिशाल निरन्तर रुपमा त्यसको प्रतिबाद गर्छ अन्तमा उसले डी एन ए परिक्षणको नतिजालाई अन्तिम नतिजा मान्न आग्रह गर्छ | उ ढुक्क छ त्यसले दुधको दुध पानि को पानि छुटिन्छ भनेर | डी एन ए परिक्षण हुन्छ | डी एन ए परिक्षण का लागि भ्रुणलाई समेत पिडा दिएको सम्झेर बिशाल दुखि हुन्छ | बिशाल बिना अपराध अपराधि बनेको थियो | परिवार र समाजमा उसलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको थियो |
डी एन ए परिक्षण को नतिजा विशालको बिपक्षमा आउछ | बिशाल छक्क पर्छ | आखिर बिना शार्रिरिक सम्बन्ध उ कसरि बाउ बन्यो? उसलाई थाहा छ उसले कहियै सरला संग त्यस्तो सम्बन्ध बनाएको छैन | उ बिशुद्ध सोधकर्ता को रुपमा सरला संग भेट्थ्यो | उ संग अब प्रतिकार गर्ने आधार थिएन | उसले सरलासंग अन्तिम पटक कुरा गर्ने फेरी पनि उ मानिन भने आफु स्वीकार गर्न तयार रहेको बतायो |
नेपाली चेलिबेटीको यथार्थ ल्याउन खोज्दा आफु बिना कसुर फसेकोमा उ दुखि थियो | उसले सरला लाइ भेट्यो | आफ्नो मनमा लागेको कुरा भन्यो अनि उसले थप्यो | सरला म हाम्रो समाजको बिकृति उजागर गरेर समाज बदल्न प्रयत्नरत थिए तर आज मेरो इमान्दारितालाइ तिमीले दुरुपयोग गर्यौ | म बेश्या पनि कसैकी छोरी चेली हो बाध्यताले यो पेशा अंगाले पनि उनीहरु खराब हुन्नन् भन्ने देखाउन चाहन्थे तर आज तिम्रो यो व्यवहार ले मेरो त्यो प्रयत्न रोकिएको छ | उ भन्दै गयो | सरला आँशुमा डुब्न थालि | उ धेरै बेर रोइ | बिशाल ले निरन्तर आफ्नो कुरा भनिरह्यो |
विशालले भन्यो के मैले बेश्या चरित्र व्यवहार सबैले तलै हुन्छन घृणा गर्न योग्य हुन्छन म यहि बुझु?
सरला ले मुख खोलि र भनि समाजमा गनिएका चुनिएका धनाड्यले जे गरेपनि तिनको चरित्र सधै असल शुद्ध हुने हामि चै बेश्या हुने ? हामि तनले बेश्या भए पनि मनले छैनौ तिमीहरु धनवान हरु जस्तो | तिमि त विद्वान मान्छे आफै भन यो समाज शरीर बेच्ने बेश्याले कलुषित भएको हो वा त्यसलाई खरिद गर्ने समाजमा चरित्रवान भनेर गनिने द्वेद चरित्र भएका हरुले भाडिएको हो? हामि शरीर बेच्दा बेश्या हुने भए ति खरिद गर्ने पनि त बेश्या हुन् नि | हामि शरीर बेच्छ्यौ ति इमान बेच्छन | हामि गरिबले शरीर बेच्दा बेश्या भनिन्छौ भने इमान बेचेर धनवान हुने तिम्रो समाजका धनाढ्य हरु छैन किन भ्रष्ट भनिने | ति पनि बेश्या हुन् इमान बेच्ने बेश्या | उ एकोहोरो फलाक्दै थि | एउटी १६ नपुगेकी गरिब केटीलाई ६० बर्ष नाघेको धनाड्य बुढो आफ्नो शरीर सुखका लागि प्रयोग गर्छ एउटा धनाड्य समाजमा देखाउन एउटी बिवाह गर्छ अनि आफ्नो प्यास मेटाउन समाज भन्दा पर अर्की राख्छ उसको चरित्रको कुरा उठ्दैन |
उसले भनि हो त्यहि एउटा धन्याड्यको समाज भन्दा पर राखिएकी रखैल हु म | उसकै बच्चा हो यो | गर्भ नरहुन्जेल प्रयोग हुने अनि गर्भ रहेपछि पैसाको बलमा गर्भ फालिने अनि मुख टालीने नारि हु म| जसको सन्तानले कहिले समाजमा सम्मान पाउदैन इज्जत पाउदैन अनि पिता पाउदैन | मेरो गर्भमा रहेको यो पहिलो सन्तान हैन | उ भन्दा अगाडी धेरैवटा गर्भ रह्यो तुहियो | शायद पुलिस र गैर सरकारी संस्थाको छापा र त्यसपछि को डाक्टरी जांच नभएको भए यो पनि बाच्दैनाथ्यो| हुन त यसपटक मैले यो बच्चालाई जन्माउने सोचेकी थिए | उसको बाउलाई भने उसको सिधा जवाफ थियो कति पैसा चाहिन्छ म दिन्छु गर्भ पतन गरा ,अब म संग तेरो भेट हुन्न | उसले त्यो भन्दा बढी सुनेन सोधेंन | बिशालले सोध्यो आखिर कोहो त्यो ? म यो बच्चा लाइ उसको बाबुको नाम दिलाएर छाड्छु | उसले सोध्यो कसरि उसको र मेरो डी एन ए मिल्न पुग्यो ? सरलाले गम्भीर भएर भनि तिम्रो बाउ |
बिशाल अवाक बन्यो | एकछिन पछी उसले सोध्यो मेरो बुवा भनेर कसरि थाहा पायौ | सरलाले भनि तिमीले आफ्नो यथार्थ बताउने क्रममा फाइलमा मैले तिम्रो बुवा संगको फोटो देखे | जब छापा मार्दा म समातिए मलाइ मन मनै तिम्रो बुवा संग बदला लिने र मेरो गर्भको बच्चालाई पिताको नाम दिने यो उचित समय लाग्यो | तिम्रो बुवाको नाम लिएको भए उनि आफ्नो पैसा र शक्तिले पुलिस प्रशासनको मुख टाल्थे ||मैले तिम्रो सहारा लिए | सरला ले रुदै भनि मलाइ माफ गर बिशाल म आवेशमा आए | म तिम्रो बिरुद्धको सबै आरोप फिर्ता लिन्छु | उसले आफ्नो मोबाइलमा बारम्बार विशालको बुवाको फोन आएको देखाई बिशाल लाइ आफ्नो बुवा को चरित्र देखेर अचम्म लाग्यो | समाजमा आफ्नो प्रतिष्ठाको लागि छोरो लाइ समेत बलि चडाउन तयार बाउ देखेर दुखि बनायो | सरलाले सबै आरोप फिर्ता लि | बिशालले पढाइका लागि आफु विदेश जानै पर्ने भए पनि उ नजन्मिदा सम्मको खर्च पठाई रहने बाचा सहित त्यतै बाट विदेश लाग्यो | बच्चा जन्मिए पछी उ नेपाल आयो बच्चालाइसंगै विदेश लग्यो र सरलालाइ दोस्री आमा मान्दै महिना महिनामा पैसा पठाई रहने कसम खायो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *