तिम्रो ब्यस्त जिन्दगीमा थोरै फुर्सद छाइदिए
त्यही फुर्सद सँगालेर साथ दिने थिए
अलिकता तिम्रो माया मलाई पनि भईदिए
त्यही माया सँगालेर गाथ दिने थिए
फुर्सदहरू सँगालेर साथ दिने थिए
तिम्रो छेउ बसी सधैं मुस्कान हेर्न पाएदेखि
त्यही मुस्कान बटुलेर हाँसो दिने थिए
सँगालेका खुशीहरू यत्रतत्र छरिएका
एकैठाउ रखी सबलाई खुशी बान्ड्ने थिए
फुर्सदहरू सँगालेर साथ दिने थिए
सयपत्री फुलको माझ तिमीलाई राखी हेर्दा खेरी
फुलाई फुलको डाली बिचमा सुबास छर्ने थिए
सुगन्धले भरिएको तिम्रो मन मस्तिस्कमा
अझै मिठो बास्न छरी छेउमै राख्ने थिए
फुर्सदहरू सँगालेर साथ दिने थिए
निरोगी
