अशान्तिलाई, अशान्तिलाई हटाउने त्यो तिम्रो बिचार महान
(तिमीलाई सम्झी कति रुदै होलान ति तिम्रा जहान) २
सामन्ती, सामन्ती र भ्रस्ट बिचारधारालाई निर्मूल पार्न अगाडि बढथ्यौ
(सामन्तिको किल्लालाई बिध्वंस गर्दै मुक्तिको बिगुल फुक्थौ) २
साम्राराज्यबाद र बिस्तारबाद, साम्राराज्यबाद र बिस्तारबादको भन्डाफोर गर्दै
जनसंबिधान निर्माणका लागि जनयुद्ध गर्थ्यौ
धर्म निरपेक्षता, धर्म निरपेक्षता स्वतन्त्रता र सार्भभौमिकताको माग गर्दै
(नेपाल आमाको सिउदो रङगाउने प्रयास गर्थ्यौ) २
शोषित र उत्पीडित, शोषित र उत्पीडित जनतालाई अगाडि बढाउन तल्लिन थियौ
(राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापनामा बलिदान दियौ) २
तापनी, तापनी तिम्रो अधुरो सपनालाई कसैले पुरा गर्न सकेनन
(गणतन्त्रको सस्थागत बिकास हुँदा सम्म जनसंबिधान निर्माण गर्न सकेनन) २
लाग्छ अब त, लाग्छ अब त तिम्रो रगत को अबमुल्यन भयो
(तिमी जस्तो महान ब्यक्तिको बिचार भाताभुङ्ग भयो) २
बढथ्यौ अघी, बढथ्यौ अघी कुनै प्रबाह नगरी आगोमा जली-जली
(अर्को जुनीमा फेरि जन्मनु, यो जुनीमा हार्दिक श्रदान्जली) २
