मध्यरातमा तिम्रो बारे सोच्दा मुर्छा परें !
सम्झनाको तिरले मुटु घोच्दा मुर्छा परें !!
झ्यालको पर्दा हटाएर आकाश तिर हेर्दा
जुन-ताराले तिम्रो बारे सोध्दा मुर्छा परें !!
भाग्यमानी ठानी मेरै भाग्य हरण गरी
अर्कैसँग जिउने बाटो रोज्दा मुर्छा परें !!
सिरानीको तिम्रो तस्विर हत्केलामा राखी
सुम्सुम्याउदै छात्ती माथि कोच्दा मुर्छा परें !!
मेरो जीवनबाट तिमी टाढा भए पछि
हाम्रो सम्बन्धको नाता खोज्दा मुर्छा परें !!
http://palans-sanjiwani.blogspot.com
