Skip to content

जनताको बलिदानबाट परिवर्तन भएका कारण आमसभामा जनसहभागिता उल्लेख्य हुनु आवश्यक नै थियो । गाउाका कुनाकुनाबाट मेलापात छोडेर पनि आमसभामा उपस्थित हुनु उनीहरूको लागि बाध्यता पनि भयो । कोही बासी ढिडो र गुन्द्रुकको भरमा त कोही भोकै पनि तोकिएको समयमा आमसभास्थलमा भेला भए । नेताजीको सम्बोधनले केही राहत मिल्ला कि भनेर खाली चउरमा ‘पेट कसेरै’ भए पनि जनता धैर्यपूर्वक बसे ।

तोकिएको समयभन्दा झण्डै दुई घण्टा ढिलो नेताजी हेलिकप्टरबाट सभास्थलभन्दा केहीपर ओर्लिए । आमसभा देशको दुर्गम ठाउामा हुन लागेकोले नेताजी प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै आˆना दलबलसहित सभास्थलमा पुगेा । नेताजीको स्वागतका लागि भव्यरूपमा मञ्च सजाइएको थियो ।

टन्टलापुर घाममा भोक र प्यास खपेर बसेका जनतालाई कालो चस्माबाट ‘रिल्याक्स’ गर्दै नेताजीले ‘मिनिरल वाटर’ को बोतलको पानी पिएर आफूलाई अझ शीतल गराए । कार्यक्रममा उद्घोषक पनि नेताको आगमनको तारिफमा शब्द खर्चिनुबाहेक अर्को महìवपूर्ण कुरा केही देखिरहेको थिएन । उसका लागि बिहानदेखि भोकभोकै बसेका जनताप्रति शब्द खर्चिनुको कुनै अर्थ थिएन ।

आमसभामा निकै टाढाबाट भोकभोकै आएका १०/१५ जनाको समूह रातसााझ गरेर भए पनि गाउा पुग्ने सल्लाह गरेर नेताजीको भाषण नसकिादै सभास्थलको पछिल्लो पङ्क्तिबाट मर्यादितरूपमा बाहिरिए । उनीहरू माथि डााडामा पुग्दासमेत माइकको चर्को आवाज आइरहेको थियो । नेता भन्दै थिए- “हाम्रो पार्टी जनताको लागि लड्ने पार्टी हो, हामी जनताको मुक्तिका लागि सङ्घर्ष गरिरहेको छौा तर जनताले हामीलाई बुझ्न सकेनन् भने अन्यथा हुनसक्छ” भन्दै भाषण टुङ्ग्याए । त्यसपछि सबै आ-आˆनो गाउा फर्किए तर नेताजीको भाषण नटुङ्गिदै हिाडेका १०/१५ जनाको त्यो टोली बीच बाटोबाटै बेपत्ता भएको घटनाले भने सबैलाई अचम्मित तुल्यायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *