Skip to content


कुन्नि कुन मानसरोवरबाट थालियो
मेरो चेतनाको ब्रहृमपुत्र । र कुन्नि कति टाढा छ
समाप्तिको बङ्गोपसागर ?
दरिद्रयसित डराएको माझी । र माझीसित
डराएका माछाहरु,
सपनासित झस्किएको निद्रा । र निद्रासित
कहालिएका आँखाहरु ।
ज्वारभाटाका दुवै हात जोरेर । नमस्कार,
चन्द्रमालाई, आकाशलाई-उद्वेलित समुद्रको ।
आकाशको दहभरि घोप्टाएर नीलो निःसीम मौनता
ऊ कता लुक्यो कता । अभेद्य अन्तरिक्षको
मायावीयतातिर पो उसले । कतै ठोक्यो कि सुइँकुच्चा ?
झरीमा लुछुप्प रुझेको भदौको इन्द्रकमल रात,
त्यसै रातसित जोडिएका अनेक स्मृतिखण्ड । किंवदन्ती, देह-सुवास ।
मनको निर्जन वनमा । ओल्लो छेउदेखि पल्लो छेउसम्म
कुन्नि को गयो हिँडेर अज्ञात

Leave a Reply

Your email address will not be published. Required fields are marked *