जुलाई ९, २०१२
जापान ।
अन्तराष्ट्रिय साहित्य समाज जापान (अनेसास)ले गर्दै आएको नियमित साहित्य शृंखला अन्तर्गत १९ औं नियमित शृंखला अनेसास जापानको स्थापना कालदेखिकै पहिलो पटक योकोहामामा यही जुलाई ८ तारिखका दिन सम्पन्न गरेको छ ।
१९९ औं भानु जयन्ती बिशेष शृंखलाको रुपमा सम्पन्न भएको कार्यक्रममा बिद्यार्थी, ब्यबसायी, पत्रकार लगायत विभिन्न संघ संगठनको उपस्थिति रहेको थियो ।
योकोहामाको कानागावा केनमीन सेन्टरमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा अनेसास केन्द्रीय कमिटीमा पूर्व अध्यक्ष तथा अनेसास जापानका सस्थापक अध्यक्ष एवम वर्तमान सल्लाहकार डा. कुमार बस्नेत सहित आइएनसीजेका अध्यक्ष अर्जुन अधिकारी, एन आर एन जापानका सचिवालय सदस्य राजु ढकाल लगाएतका व्यक्तिहरू अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।
करिब ४० सहभागीहरूले आ आफ्ना रचना, कविता, गजल, गीत, नक्कल, जादु, हाइकु जस्ता रचना बाचन गरेर कार्यक्रमको माहोल तताएका थिए।
अनेसास जापानका उपाध्यक्ष पुस्करजंग थापाले कार्यक्रमको बारेमा जानकारी दिदै सुरु भएको उक्त साहित्यिक कार्यक्रम राजेन्द्र श्रेष्ठको रचनाबाट रचना वचनको शुरु गरिएको थियो ।
कार्यक्रममा दिपेन्द्र पाठक (कविता), प्रकाश गुरुङ (हाइकु), राजु कंडेल (रचना), नारायण आचार्य (कविता), पुस्कर जंग थापा (हाइकु), श्रवन सत्याल (जादु, नक्कल), हिमाल भट्टराई (हाइकु), आलोक चालिसे (कविता), कृष्ण के श्रेष्ठ (गजल), धिषण निरौला, बुद्धि राज घिमिरे (कविता), गोकुल न्युरे (गीत) शारदा निरौला (कविता), देबी इन्ग्नम (हाइकु), सुनिल काफ्ले (गजल), रचित सिंखडा (गजल), देवीलाल भण्डारी (कविता), कुमार सिंखडा (कविता), कुमार बस्नेत (गीत) लगायतले आ-आफ्नो रचना वचन गर्नु भएको थियो भने अन्य उपस्थित सहभागीहरूले मन्तब्य दिनुभएको थियो भने कार्यक्रममा अनुपस्थित साहित्यिक श्रष्टाहरूको रचना पनि बाचन गरिएको थियो ।
कार्यक्रमको समीक्षा सस्थाका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार दिनेशराज ज्ञवालीले गर्नुभएको थियो भने कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु हुने सबैलाई कृष्ण के श्रेष्ठ “काल्स”ले धन्यवाद व्यक्त गर्नु भएको थियो।
संस्थाका सचिव धिरण निरौलाको संचालनमा करिब तीन घण्टासम्म चलेको कार्यक्रमको समापन कार्यक्रमका सभापति एवम् संस्थाका अध्यक्ष प्रकाश पौडेल माइलाले आफ्नो हाइकु, गजलसँगै गर्नु भएको थियो ।।
