पाँच तारे होटलमा सेमिनार गर्दै
हत्या, हिंसा र आतंक बढाउदै
शहिदको रगतको अबमुल्यन गर्दै
सामन्ती र भ्रष्ट नेताले शासन गर्दै
चलेको छ
नेपालको राजनीति
सत्ता कब्जाका निम्ति जनबिद्रोह गर्दै
गरीबलाई कुल्चिएर धनी अगाडि बढदै
कथित लोकतन्त्र गणतन्त्र बिरोधी राष्ट्रघातको
खेलमा तल्लिन सामन्ती र भ्रष्ट नेताले शासण गर्दै
चलेको छ
नेपालको राजनीति
शोषित र उत्पीडित जनतालाई शोषणगर्दै
समयमै संबिधान निर्माण गर्ने विश्वाश दिलाउदै
भारतीय साम्रज्यबाद र बिस्तारबादको बिकास गर्न
जातिय बिभेद र बिदेशीको पाउ पर्दै यसरी चलेको छ
नेपालको राजनीति
धर्म निरपेक्षता, स्वतन्त्रता सार्वभौमिकता
र भौगोलिकता बिविधतामा बिरोध गर्दै राष्ट्रलाई
फूटबलको मैदान बनाउदै जनताको पसिना
चुस्दै आफ्नो पेट भर्दै चलेको छ
नेपालको राजनीति
अपराधीलाई सम्मान गर्दै
कुर्शिको निम्ति मनमुताब गर्दै
व्हिस्की र ब्रान्डीकोको बोतल अगाडि
बैठक गर्दै चलेको छ
नेपालको राजनीति
गणतन्त्रको नाममा रक्सीको बोतल अगाडि बैठक गर्दै
आन्तरिक मामिला बिरुद्ध बोल्नेलाई सम्मान गर्दै
रायमाझी आयोगले दोशी ठहराएकालाई पदोउन्नति गर्दै
चलेको छ
नेपालको राजनीति

yo poem man parnae harulae
yo poem man parnae harulae like garnu hola
i like it
i like it